तुलसीपुर, बैशाख २४ । दाङमा जेठ १ गतेसम्म लकडाउन लम्ब्याइएको छ । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा शुक्रवार घोराहीमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले थप एक हप्ता लकडाउन लम्बाइएर जेठ १ गतेसम्म पु¥याउने निर्णय गरेको हो ।
‘थप एक हप्ता लकडाउन थप्ने निर्णय भएको छ,’ प्रअिज पौडेलले भने ‘ अबको लकडाउन थप कडा हुने छ ।’
यस अघि बैशाख १७ गते विहान ६ बजेदेदि बैशाख २५ गतेसम्मका लागि लकडाउन आह्वान गरिएको थियो ।
लकडाउन गरिएपनि यो बीचमा जिल्लामा तीब्र गतिमा संक्रमित बढ्दै गइरहेको देखिएको छ ।
प्रकाशित मिति : २०७८ बैशाख २४ गते शुक्रवार