२०८१ जेष्ठ १७ गते बिहिवार

नेपालगञ्जमा दीपप्रज्वलन


दाङ, बैशाख २३ । नेपालगञ्जमा बिहीबार बेलुका दीपप्रज्वनल गरिएको छ । कोरोना संक्रमित बिरामीको स्वास्थ्य लाभको कामना गर्दै बिहीबार बेलुका साढे ७ बजदेखि ८ बजेसम्म नेपालगञ्जबासीले घर घरमा दीप प्रज्वलन गरेका हुन ।

दीप प्रज्वलन गर्नुको उदेश्य कोरोना संक्रमित बिरामीको शिघ्र स्वास्थ्य लाभका कामनार्थ रहेको थियो । दीप प्रज्वनल गरेर अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत सबैको मनोवल बढाउनु रहेको अभियान्ता जयनारायण शाहले बताए ।

कोभिड महामारीमा दिवंगत आत्माको शान्तिका लागि पनि दीप प्रज्वनल गर्न शाहले सामाजिक सञ्जाल मार्फत आह्वान गरेका थिए । पेशाले पत्रकार शाहकै आग्रहमा बुधबार बाँकेका सबै धर्मका धर्मगुरुले आ–आफ्नो धार्मिक स्थलमा पुगेर पूजापाठ गरेका थिए ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *