२०७८ असार ४ गते शुक्रवार

घोराही उपमहानगरले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानलाई दियो ५० अक्सिजनका सिलिण्डर

घोराही,बैशाख २३ । घोराही उपमहानगरपालिकाले राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीलाई ५० वटा अक्सिजन सिलिण्डर प्रदान गरेको छ । कोरोना संक्रमित बिरामीलाई अक्सिजन अभाव भएको खबर सार्वजनि भएपछि घोराही उपमहानगरपालिकाले ती सिलिण्डर अक्सिजन बिहीवार प्रदान गरेको हो । उपमहानगरपालिका उपप्रमुख सीता सिग्देल न्यौपानेले प्रतिष्ठानका अस्पताल निर्देशक प्रज्ञा बस्नेतलाई सिलिण्डर हस्तान्तरण गरेकी हुन ।

उपमहानगरपालिकाले अक्सिजन सहयोग गरेपछि प्रतिष्ठानले थप २५ बेडको अक्सिजनसहितको आईसोलेशन थप गरेको निर्देशक बस्नेतले बताइन । तत्कालै २५ मा १० बेड थप गरि ३५ बेड अक्सिजनसहितको बनाइएको छ भने अन्य १५ बेडहरु अक्सिजन बिनाको निर्माण गरिएको छ । थप अक्सिजन सिलिण्डर प्राप्त गरे ५० पुरै अक्सिजनसहितको आइसोलेसन चलाउने तयारी प्रतिष्ठानले गरेको छ ।

प्रतिष्ठानमा हाल ग्याससहित र ग्यास नभएका खाली सिलिण्डर समेत गरि १२० सिलिण्डर रहेको जानकारी प्रतिष्ठान प्रशासनले दिएको छ । हालसम्म प्रतिष्ठानले घोराहीको झिङ्नीको सहयोगमा नेपालगञ्जबाट अक्सिजन सिलिण्डर खरिद गर्दै आइरहेको छ । उपमहानगरपालिकाले ग्यास सिलण्डर दिएपछि प्रतिष्ठानलाई राहात भएको छ ।

थप अक्सिजन ग्यास प्राप्त भए १० बेडको आईसियू तथा भेन्टिलेर सञ्चालन गर्न सकिने प्रतिष्ठानले प्रशासनले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० बेडको आइसियू कक्ष २०७७ वैशाख ३१ गते उद्घाटन गरेको भएपनि हालसम्म त्यो सञ्चालनमा आउन सकेको छैन ।
बर्षदिन पुग्नै लाग्दा समेत मुख्यमन्त्रीले उद्घाटन गरेको आइसियू कक्ष अक्सिजन प्लान्टको अभावमा सञ्चालनमा आउन नसकेको हो ।

साथै कोरोना संक्रमित विरामीको उपचार गर्न बजेट अभाव देखिएपछि घोराही पमहानगरपालिकाले पहिलो चरणको १० लाख रकम उपलब्ध गराएको छ । घोराही नगरले प्रतिष्ठानलाई ४५ लाख रुपैंया सहयोग गर्ने निर्णय यअसघि नै गरिसकेको छ । हाल प्रतिष्ठानमा २६ जना कोरोना संक्रिमित बिरामी उपचाररत छन् ।

प्रकाशित मिति : २०७८ बैशाख २३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *