२०७८ असार ४ गते शुक्रवार

घोराहीको जंगलमा मानव कंकाल फेला, कंकाल सञ्चारकर्मी वलीको हुन सक्ने आशंका

तुलसीपुर, बैशाख २० । घोराही उपमहानगरपालिका वडा नं. १६ स्थित लेटार जनकपुरको जंगलमा सोमबार एउटा मानव कंकाल फेला परेको छ ।त्यो कंकाल गत माघ १५ गते हराइरहेका २३ बर्षीय सञ्चारकर्मी देवेन्द्र वलीको हुन सक्ने आशंका गरिएको छ ।

कंकाल नजिकै ज्याकेट , घडी, जुत्ता समेत फेला परेको र ती सामान सञ्चारकर्मी देबेन्द्रकै रहेको भन्ने कुरा संगै बस्ने उनका भाञ्जाले बताएको जिल्ला प्रहरी प्रमुख एसपी चन्दले जानकारी दिए ।तर, परिवारका सदस्यहरुले कंकालको डिएनए परीक्षण गर्न माग गरेको हुँदा त्यो कंकाल डिएन परीक्षणका लागि काठमाडौं पठाइने चन्दले बताए ।

प्रहरीले पनि सोही लोकेसनमा पुगेर सञ्चारकर्मी देबेन्द्रको मोवाईल स्वीचअफ भएको बिवरण यसअघि सार्वजनिक गरेको थियो । मोबाईल लोकेसनको आधारमा प्रहरीले त्यस क्षेत्रमा केहीदिन खोज तलास गरेको भएपनि फेला पार्न सकेको थिएन ।

घोराहीको बसपार्क स्थित दिदीको घरमा डेरा गरि भाञ्जासंगै बस्दै आएका देबेन्द्र गत माघ १५ गतेदेखि सम्पर्क बिहिन थिए ।

घोराहीस्थित शिक्षा क्याम्पसमा अध्यनरत वली एकजना सहपाठी छात्राको गुनासो पछि शिक्षकले अफिसमा बोलाएर सोधपुछ गर्दै झपारको हुँदा पढाई छोडेर त्यहाँबाट निस्किएर डेरा पुगेका थिए । उनी रेडियो स्वर्गद्धारीमा कार्यरत थिए ।

यो पनि पढ्नुहोस –

१४ दिनदेखि बेपत्ता छोराको खोजी गरिदिन घर परिवारको आग्रह

घोराहीका सञ्चारकर्मी देबेन्द्र वली ५ दिनदेखि बेपत्ता

 

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *