२०८१ बैशाख ७ गते शुक्रवार

घोराहीका सञ्चारकर्मी देबेन्द्र वली ५ दिनदेखि बेपत्ता


तुलसीपुर, माघ २१ । घोराहीमा कार्यरत सञ्चारकर्मी देबेन्द्र वली बिगत पाँच दिनदेखि बेपत्ता रहेका छन् ।

घोराहीस्थित रेडियो स्वर्गद्धारीमा कार्यरत २२ बर्षीय  वली माघ १५ गते बिहानदेखि बेपत्ता रहेको प्रहरीले जनाएको छ ।

घोराही उपमहानगरपालिका वडा नं. ५ भैंसापथ्रा निवासी वली राप्ती शिक्षा क्याम्पस घोराहीमा बिएमा  अध्यनरत थिए ।

कलेजबाट कोठामा जान्छु भनेर निस्एिका वली सोही दिनदेखि हालसम्म बेपत्ता रहेको र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले बताए । 

क्याम्पस प्रशासनले वलीलाई एक जना केटीको फेक फुेसबुक आइडी बनाएर म्यासेन्जरमा गलत कुरा पठाएको आधारमा तथ्य कुरा बुझ्न भान्जालाई बोलाउन पठाएको थियो । 

भान्जालाई बोलाउन भनेर गएका वली त्यसपछि फर्किएर नआएको भन्ने कुरा क्याम्पस प्रशासनले गरेको एसपी चन्दले बताए । 

प्रहरीका अनुसार वलीले प्रयोग गरेको मोवाईलको अन्तिम लोकेसन हापुरेदेखि माथिको जंगलमा देखिएको छ । त्यसअघि सञ्चारकर्मी वलीले आफ्ना भान्जालाई एउटा म्यासेज पनि गरेको देखिन आएको प्रहरीले बताएको छ । 

वलीको मोवाई माघ १५ गते बिहान १० बजेर २३ मिनेट जाँदा स्वीच अफ भएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जानकारी दिएको छ । 

सञ्चारकर्मी वली घोराही १४ नयाँ बसपार्कस्थित दिदीको घरमा भान्जा सुदिप भण्डारीसंगै बस्दै आएका थिए ।

वलीको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ माघ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *