२०८२ जेष्ठ ११ गते शुक्रवार

बबईमा बिहान ८ बजेसम्म मात्रै व्यापार गर्न पाइने

तुलसीपुर, बैशाख १४ । बबई गाउँपालिकाले बिहान ८ बजेसम्म मात्रै ब्यापार व्यवसाय गर्न पाउने नियम लागु गरेको छ ।

कोरोना संक्रमन तीब्र रुपमा फैलिन थालेपछि त्यो नियन्त्रण र रोकथामको लागि मंगलबार बसेको बिपद व्यवस्थापन समितिको बैठकले गाउँपालिका भित्रका सबै होटेल तथा रेष्टुरेण्टहरु भने सञ्चालन गर्न नपाउने निर्णय गरेको छ ।

बिबाह, बर्तवन्ध लगाएतका कार्यका लागि गाउँपालिकाबाट अनुमति लिनुपर्ने र १५ जना भन्दा बढी जमघट हुन नपाउने नियम लागु गरिएको छ ।

 

प्रकाशित मिति : २०७८ बैशाख १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *