२०८१ चैत्र १३ गते बुधवार

उज्यालो नेटवर्कका कार्यकारी सम्पादक तामाङ पक्राउ

काठमाडौं, बैशाख १२ । उज्यालो नेटवर्क अनलाइनका कार्यकारी सम्पादक अनिस तामाङलाई प्रहरीले पक्राउ गरेको आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले तामाङलाई अनामनगरस्थित कार्यालयबाटै पक्राउ गरेको हो।

विद्युतीय कारोबार ऐन र राज्यविरूद्ध कसुरसम्बन्धी मुद्दामा तामाङलाई पक्राउ गरेको पक्राउ पूर्जीमा उल्लेख छ।

उज्यालो अनलाइनले केही दिन पहिले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रअ प्रमुख सामन्तकुमार गोयलबीच गोप्य सम्झौता भएको खवर लेखेको थियो ।

आफुले लेखेको समाचार पुष्टि हुन नसकेपछि अनलाइनले यसअघि नै क्षमासमेत मागिसेको थियो । तामाङलाई प्रहरीले पक्राउ गरेपछि पत्रकारले नाराबाजी गरेका थिए।

प्रकाशित मिति : २०७८ बैशाख १२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *