अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्यामकुमार राईलाई रु एक लाख ४० हजार घुससहित पक्राउ गरेको छ ।
आयोगको टोलीले शनिबार साँझ ८ बजे घुस रकमसहित कार्यालयबाटै पक्राउ गरेको हो । आयोगका प्रवक्ता रामेश्वर दङ्गालले प्रहरी नायब उपरीक्षक पक्राउ परेको जानकारी दिए । “एक व्यवसायीबाट घुस लिँदालिँदै आयोगको टोलीले उहाँलाई पक्राउ गरेको हो, यसबारे थप अनुसन्धान भइरहेको छ । दङ्गालले भने ”
उनीमाथि बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर अातंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो। लामो समयसम्म अख्तियार मुख्यालय टंगाल र पोखरामासमेत बसेर काम गरिसकेका राई शनिबार अख्तियारकै टोलीको फन्दामा परेका हुन्।
प्रकाशित मिति : २०७५ असोज २१ गते आइतवार