२०८० चैत्र १६ गते शुक्रवार

कोईलाबास नाकामा हेल्पडेष्क स्थापना

स्वास्थ्य जाँच पछि मात्रै प्रवेश पाइने

दाङ, चैत १३ । नेपाल–भारत सीमा नाका कोईलाबसमा शुक्रवारदेखि हेप्प डेष्क स्थापना गरिएको छ । उक्त हेप्प डेष्कमा भारतबाट नेपाल प्रवेश गर्ने नागरिकको अभिलेख राख्ने, स्वास्थ्य चेकजाँच गर्ने काम हुने दाङका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताए ।

भारतमा कोभिड– १९ को दोस्रो चरण सुरु भएको हुँदा भारतबाट उक्त नाका भएर जिल्ला प्रवेश गर्ने सबैको स्वास्थ्य चेकजाँच पछि अवस्था हेरेर अस्पताल वा आइसोलेसनमा पठाइने पौडेलले जानकारी दिए ।

त्यस्तै उनले जिल्लाका प्रमुख सहर बजारमा चेतना जगाउनका लागि माईकिङ सुरु गरिने बताए । ‘हामी पहिलो चरणमा माईकिङ सुरु गर्छौं, घर बाहिर निस्कँदा अनिवार्य मास्क लगाउन, स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्छौं,’ प्रजिअ पौडेलले भने ‘ त्यसपछि पनि अटेरी गर्नेलाई सरुवा रोग नियन्त्रण ऐन अन्तरगत कारवाही थाल्ने छौं।’

जिल्लामा स्थानीय प्रशासनले बिहीवारदेखि नै सभा, सम्मेलनमा रोक लगाई सकेको छ । जिल्ला जन स्वास्थ्य प्रमुख अंगतबहादुर शाहीले नेपाल–भारत खुल्ला सीमान भएका कारण भारतमा कोरोना संक्रमनको महामारी रुप लिदा दाङमा पनि त्यसको चुनौति बढ्ने हुँदा आवश्यक सावधानी अपनाउन जरुरी रहेको बताए । प्रमुख शाहीले कोरोना महामारीको कहर कायमै रहेको हुँदा सबैले स्वास्थ्य साबधानी अपनाउन जरुरी रहेको बताए ।

प्रकाशित मिति : २०७७ चैत्र १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *