२०७८ बैशाख १ गते बुधवार

चलचित्र क्षेत्र शौख र रहरको मात्र पेशा हैन : मेयर पाण्डे

तुलसीपुर,फागुन २९ ।तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले चलचित्र क्षेत्र एउटा उद्योग र पेसाका रुपमा विकास हुनुपर्ने बताए ।चलचित्र पत्रकार संघ दाङको वार्षिक साधारणसभालाई शनिवार तुलसीपुरमा सम्बोधन गर्दै मेयर पाण्डेले चलचित्र क्षेत्र कसैको शौख र रहरको मात्रै पेशा नभएको बताए ।

पाण्डेले पहिचान,समृद्धि र उद्योगका रुपमा चलचित्र क्षेत्र विकसित गर्दे लैजानु पर्ने बताए ।‘अब चलचित्र क्षेत्र कसैको शौख र रुचिको बिषय मात्रै भएन,’ उनले भने ‘ आज यो एउटा उद्योग भइसकेको छ र अब हामीपनि त्यही सोचका साथ अगाडि बढ्न जरुरी छ ।’उनले तुलसीपुर क्षेत्रमा बिभिन्न पूर्वाधार तयार गरिएको भन्दै चलिचित्र छाँयाङ्कनका लागि ठाउँ प्रसस्त रहेको बताए ।

उनले भने – ‘केही समय पछाडि तपाँईका हिरो हिरोनीको सुटिङ तुलसी टावरमा गराउनुहोस, राप्ती शान्ति उद्यानमा सिन खिच्नुहोस, राप्ती प्रादेशिक अस्पतालको आइसियूमा स्वास्थ्यको सिन खिच्नुहोस, मेट्रो कलेजमा पढाईको सिन खिच्नुहोस ।’

चलचित्रको सानो सम्वादतले समाजलाई छोटो सयममै विद्यालय र पुस्तकले दिने भन्दा छिटो तथा शरल ढंगले धारणा परिवर्तनका लागि ज्ञान दिन सक्ने उनले बताए । समाजलाई रुपान्तरण गर्दै उर्जा प्रदान गर्नका निम्ति चलचित्र क्षेत्रको योगदान महत्वपूर्ण रहेको उनले बताए ।उनले आउने बजेटमा चलचित्र क्षेत्रको विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा चलचित्र निर्देशक तथा कलाकार ऋषिराज आचार्य, नेपाल पत्रकार महासघं दाङका सचिव भुपेन्द्र वली,नेपाल प्रेस युनियन दाङका अध्यक्ष सन्तोष सुवेदी,चलचित्र पत्रकार सघं दाङका निर्वतमान अध्यक्ष धुर्वराज न्यौपाने,संस्थापक उपाध्यक्ष चेतन रेग्मी, नेपाल पत्रकार महासघं दाङका सहसचिव सर्मिला डिसी,रिपोर्टस क्लव दाङका अध्यक्ष शरद रेग्मी, महिला अधिकारकर्मी सुष्मा गिरी,रोटरी क्लवका पुर्व अध्यक्ष तुफानबाबु श्रेष्ठ,तुलसीपुर नगर जेसिजका अध्यक्ष नारायण भट्ट्राई, सिस्नो पानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, शिक्षाविद् विष्णुकुमार देवकोटा,कान्तिपुर राष्ट्रिय दैनिकका उपसम्पादक दुर्गालाल केसी,गोर्खा मावि प्रिन्सिपल बिजय जिएम, पत्रकार बसन्त आचार्य, बिज्ञान समाज रोल्पाका अध्यक्ष मानबहादुर बस्नेत लगाएतले मनतब्य व्यक्त गरेका थिए ।

कार्यक्रममा सघंका संस्थापक उपाध्यक्ष चेतन रेग्मीले स्वर्गिय बुबा भागवत रेग्मी र आमा बसन्तादेवी रेग्मीको सम्झनामा ५५ हजार ५ सय ५ रुपैयाको भागवत बसन्ता स्मृति चलचित्र पत्रकारिता पुरस्कार स्थापना गरेका छन् । त्यस्तै सघंका उपाध्यक्ष सन्तोष केसीले स्वर्गीय बुबा चम्मनबहादुर केसीको सम्झनामा ५५ हजार ५ सय ५५ रुपैंयाको अक्ष्यकोष स्थापना गरेका छन् । कार्यक्रममा चलचित्र क्षेत्रमा विभिन्न क्षेत्रबाट योगदान पु¥याउने विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

चलचित्र पत्रकार सघं दाङका सहसचिव निरला अर्याल गैरेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोष केसीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *