२०८२ बैशाख ७ गते शनिवार

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा आइसियू भवन निर्माण सुरु

तुलसीपुर,फागुन २९ ।तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा आइसियू भवन निर्माणको काम सुरु भएको छ । शनिवार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आइसियू भवनको सिलान्याश गरेका हुन ।

कार्यक्रममा नगरप्रमुख पाण्डेले निर्वाचित भएर आइसकेपछि तुलसीपुर क्षेत्रको स्वास्थ्यमा परिवर्तनको सुरुवात गरेको बताए । ‘निर्वाचित भएर आउँदै गर्दा प्रादेशिक अस्पतालमा रक्तसञ्चार सेवा,डायलासिस सेवा,राम्रो प्रयोगशाला सेवा सञ्चालन हुन सकेको थिएन,’ उनले भने ‘राम्रो पुर्वाधारहरु थिएनन्,ती सबै कुरालाई हामीले अहिले क्रमश कार्यान्वयन गर्दै ल्याएका छौं ।’

अस्पताललाई तुलसीपुरको स्वास्थ्य क्षेत्रको विषेश परियोजनाका रुपमा अघि बढाएको मेयर पाण्डेले बताए ।
सम्झौंता अनुसार आउने असार मसान्त भित्रमा भवन निमार्ण सम्पन्न गरेर आइसियू सेवा सञ्चालन गर्ने गरि निमार्ण कार्य अघि बढाउन निमार्ण व्यवसायीलाई मेयर पाण्डेले आग्रह गरे ।

अस्पतालमा आइसियू बेड नहुँदा एमरजेन्सी बिरामीहरुलाई अनेत्र पठाउनुपर्ने बाध्यता रहँदै आएको थियो ।
आइसियू भवन निमार्ण कार्य पुरा भएपछि बिरामी बाहिर पठाउनु पर्ने बाध्यताको अन्त्य हुने मेयर पाण्डेले आशा व्यक्त गरे ।

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन डाक्टर बिनोद सिंहले उपमहानगरपालिकाको सहयोगमा अस्पतालमा विगतका दिनहरुदेखि नै ब्लड बैंक स्थापनादेखि विभिन्न किसिमका सेवा सञ्चालन गर्न सहयोग पाइरहेको बताए ।

स्वास्थ्य क्षेत्रको आजको आवश्यकतालाई मध्येनजर गर्दै अहिले ६ बेडको आईसियू भवन सुरुवात गरेको भन्दै सिंहले भविष्यमा ५० बेडको आइसियु कक्ष निमार्ण गर्ने धारणा राखे ।

‘कोभिड–१९को महामारीको समयमा यहाँ आइसियु भवन नहुँदा बेलझुण्डी राख्नुप¥यो,’ उनले भने ‘अहिले त्यहाँबाट सार्न पटक–पटक दबाव आइरहँदा उपमहानगरपालिकासगं पहल गरेर भवन निमार्ण गर्न लागिएको हो ।’

आइसियू भवन निमार्ण पछि अस्पतालमा आउने बिरामीहरुलाई उपचारमा सहयोग पुग्ने उनले विस्वास व्यक्त गरे ।राप्ती प्रादेशिक अस्पताल बिकास समितिका अध्यक्ष पदमराज न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका सबइन्जिनियर महेश भण्डारीले अस्पतालमा अहिले ६ देखि ८ बेडसम्मको आइसियु कक्ष निमार्ण हुन लागेको बताए ।

भवन निमार्णका लागि कुल लागत ३१ लाख ४७ हजार ३ सय ९६ रुपैंया लागत इष्टिमेटको गरिएकोमा ठेकेदार कम्पिनीसगं २१ लाख ४४ हजार ५ सय ७५ रुपंैयामा सम्झौता भएको उनले जानकारी दिए । आईसियू भवन निमार्णको जिम्मा घोराही १४ को ओशिस कन्स्ट्रक्सन निमार्ण कम्पिनीले पाएको छ । २०७७ फागुन ९ गते सम्झौता भएको आइसियु भवनको २०७८ जेठ अन्तिमसम्म निमार्ण सक्ने उल्लेख छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नं ५ का अध्यक्ष बिरेन्द्र शाहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उपमहानगरपालिकाका बजेट योजना तथा सूचना प्रविधि महाशाखा प्रमुख अनन्त गौतमले गरेका हुन ।

प्रकाशित मिति : २०७७ फाल्गुन २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *