२०८१ बैशाख ११ गते मङ्गलवार

तुलसीपुरमा साढे ११ सयले कोरोना बिरुद्धको खोप लगाए

तुलसीपुर,फागुन २३ ।कोरोना भाइरस बिरुद्धको तेश्रो चरणको खोप अभियान अन्तर्गत तुलसीपुरमा जेष्ठ नागरिकहरुलाई खोप लगाउने अभियान सुरु भएको छ । आइतवारदेखि राप्ती प्रादेशिक अस्पतलाको खोप केन्द्रबाट ७७ वर्र्षीय जेष्ठ नागरिक खुमानन्द अधिकारीले खोप लगाएर अभियानको सुभारम्भ गरेका हुन ।

तुलसीपुर उपमहानगरपालिका कोरोना फोकल पर्सन बिमल केसीका अनुसार तेश्रो चरण खोप अभियान अन्तर्गत आइतवारसम्म तुलसीपुरमा एक हजार एक सय ५२ जनाले खोप लगाएका छन ।

पहिलो दिन प्रादेशिक अस्पतालबाट एक सय, लाईफकेयर अस्पतालमा २७, तुलसी वाल अस्पतालमा १६, पवननगर स्वास्थ्य चौकीमा एक सय २८, भिमसेन स्वास्थ्य चौकीमा एक सय, दोघरे स्वास्थ्य चौकीमा ५८, पर्सेनी स्वास्थ्य चौकीमा एक सय ६ , बिजौरी स्वास्थ्य चौकीमा ७० जनाले खोप लगाएका हुन ।

त्यस्तै मानपुर स्वास्थ्य चौकीमा ७८, टरिगाँउ स्वास्थ्य चौकीमा ५९, ड्वाङ्पुर स्वास्थ्य चौकीमा एक सय १९, उरहरी स्वास्थ्य चौकीमा एक सय २५, प्रतापकोट स्वास्थ्य चौकीबाट २७ जना र हलवार स्वास्थ्य चौकीमा ८० जनाले खोप लगाएका छन् ।

सोमवार पनि साविक कै केन्द्रहरुबाट खोप प्रदान गरिने फोकल पर्सन केसीले बताए । खोप लगाएकाहरु माध्य हालसम्म तुलसीपुरमा कसैलाई पनि नकारात्मक असरहरु नदेखिएको फोकल पर्सन केसीले बताए ।

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *