२०८० चैत्र १६ गते शुक्रवार

बाख्रापालक महासंघको दोस्रो महाधिवेशन 

दाङ, फागुन २३ । नेपाल व्यावसायिक बाख्रापालक महासंघको दोस्रो महाधिवेशन फागुन २२ गते हेटौडामा भएको छ ।

महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ कार्यसमिति समेत चयन गरेको छ ।

३३ जना पदाधिकारी रहने समितिमा लुम्विनी प्रदेशबाट महासंघको केन्द्रीय अध्यक्षमा प्रेम सागर पौडेल (रुपन्देही), उपाध्यक्ष सुर्यप्रसाद रेग्मी (पाल्पा) सचिव सन्तोष केसी (प्युठानलाई चयन गरेको छ ।

त्यस्तै सदस्यहरुमा पवित्रा घर्ती (दाङ), प्रेमराज सुवेदी (बाँके), कमला घर्ती (गुल्मी) र प्रकाश ज्ञवाली (अर्घाखाँची)लाई चयन गरेको छ ।

महाधिवेशनमा ७७ जिल्लाबाट करिब ३५० जना प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।

 

प्रकाशित मिति : २०७७ फाल्गुन २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *