काठमाडौं,फागुन २२ । अर्थमन्त्री विष्णु पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोक्ने बताएका छन् ।
शनिबार बैंक तथा वित्तीय संस्था परिसंघ नेपालको प्रथम वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले कोभिड–१९ विरुद्धको खोप प्रदान गर्ने प्रक्रियालाई नरोकी अगाडि बढाउने बताएका हुन् ।
सबै लक्षित समुदायमा खोप पुर्याउने उनको भनाइ छ ।
अर्थमन्त्री पौडेलले सरकारले समृद्धिको अभियानका लागि बैंक तथा वित्तीय संस्था तथा उद्योगहरुको मनोबललाई उठाएर अगाडि बढाउन महत्वपूर्व काम गरेको जिकिर गरे ।
अर्थमन्त्री पौडेलले सरकारले उत्पादनमूलक उद्योग र होटल पर्यटन क्षेत्रका लागि पनि विद्युतको डिमान्ड शुल्क छुट दिने निर्णय गरेको बताए ।
प्रकाशित मिति : २०७७ फाल्गुन २२ गते शनिवार