तुलसीपुर, मंसिर २८ ।
तुलसीपुरको एक जुत्ता चप्पल पसलमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित रतननाथ टोलको अन्नपूर्ण ट्रेडर्स जुत्ता चप्पलको होलसेल पसलमा आगलागी भएको हो । शुक्रबार बिहान साढे ५ बजेदेखि आगो लागेको स्थानीयले बताएका छन् ।
आगो लाग्नुको कारण थाहा नभएपनि विद्युत सर्ट भएर आगो लागेको अनुमान गरिएको छ ।
आगलागीबाट लाखौको क्षति भएको छ । आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा स्थानीय खटिएका थिए । तुलसीपुर उपमहानगरपालिकाको एउटा दमकल, घोराही उपमहानगरपालिका दमकल, स्काभेटरको प्रयोगले आगो नियन्त्रणमा लिइएको छ । तीन तलाको घर र घरभित्र रहेका सम्पूर्ण जुत्ता, चप्पल तथा अन्य सामान जलेर नष्ट भएका छन् । फोटो : राजेश खत्री
प्रकाशित मिति : २०७५ मङ्सिर २८ गते शुक्रवार