काठमाडौं, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समुहले रामकुमारी झाँक्रीलाई तत्काल रिहागर्न माग गरेको छ ।
उक्त समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबार विज्ञप्ति मार्फत झाँक्रीलाई बिना सर्त रिहा गर्न माग गरेका छन् ।
उनले झाँक्र्रीलाई पक्राउ गरिएकोमा आश्चर्य समेत ब्यक्त गरेका छन् । राजनीतिक आलोचनालाई राज्यविरूद्धको कसुर देख्नु गम्भीर भूल भएको उनले बताएका छन् ।
झाँक्र्रीलाई पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता बिपरितको कार्य भएको भन्दै उनले बिरोध जनाएका छन् ।
जसलाई उनले घोर अलोकतान्त्रिक,निरंकुश र सर्वसत्तावादीको संज्ञा दिएका छन् ।
केन्द्रीय सदस्य झाँक्र्रीलाई अपराध संहिताको राज्यविरूद्धको कसुरअन्तर्गत प्रहरी बिहीवार बिहान काठमाडौंस्थित निवासबाटै पक्राउ गरेको थियो ।
प्रकाशित मिति : २०७७ माघ २९ गते बिहिवार