तुलसीपुर, माघ २४ । घोराहीमा नगर विकाश समितिलाई नेपाल सरकारले बजेट दिएर सभाहल निमाण भइरहेको छ । तर, तुलसीपुरमा व्यापारी आफैंले त्यस्तो सभाहल निर्माण गरे ।तुलसीपुर उद्योग वाणिज्यसंघका तत्कालिन अध्यक्ष बिमल रिजालले दूई बर्ष भित्रमै सभाहल निर्माण भएर सांचो हस्तान्तरण गरिसकेका छन् । उनी अध्यक्ष रहेकै समयमा उनकै आह्वान र संयोजनमा सभाहल निर्माण कार्यको थालनी भएको थियो ।
त्यो देखेर आज सभाहल ठडिएको जग्गा दाता यज्ञबहादुर केसी झन धेरै खुसी छन् । जो यतिखेर उद्योग बाणिज्य संघको उपाध्यक्ष पदमा नेकपाको तर्फबाट उम्मेदवार बनाइएका छन् ।‘ तुलसीपुरमा स्तरिय सभाहल निर्माण गर्ने सपना पुरा भएको छ,’ केसीले भने ‘ व्यबसायिले संधै समाजबाट लिनेमात्रै हैन दिनुपनि जान्नु पर्छ ।’ दोघरे सभाहलमा कम्तिमा ६ सय बढी मानिस अटाउन सक्ने गरि निर्माण गरिएको छ । जो तुलसीपुर क्षेत्रकै हालसम्मकै सबैभन्दा ठूलो सभाहल हो । जहाँ राजनीतिक दलहरुले समेत आफ्ना कार्यक्रमहरु गर्ने गरेका छन् ।
केसीले नै दिएको झन्डै ४ कठ्ठा क्षेत्रफलमा सभाहल ठडिएको छ । जस्को बजार मूल्य आज करोडौं छ । यद्यपी केसी आफ्नो दानलाई पैंसा संग तुलना नगर्न आग्रह गर्छन । तीनै केसीले निशुल्क रुपमा जग्गा प्रदान गरेपछि वाणिज्य संघले थप एक कठ्ठा जग्गा किनेर सभाहल निर्माणको प्रक्रिया पुरा गरेको हो ।
आज तुलसीपुरका व्यवसायीले आफ्नै मेहनत र खुन पसिनाले सभाहल निर्माण गरेर नमुना योग्य काम गरेका छन् । आइतबार तुलसीपुर उद्योग वाणिज्यसंघको २६सौं साधारण सभा सोही सभाहलमा भएको हो । जहाँ सभाहलको चाँबी तात्कालिन अध्यक्ष विमल रिजालले हालका अध्यक्ष विरबहादुर रावत (बिरु) लाई हस्तान्तरण गरेका हुन । जतिखेर जग्गा दाता केसी दर्षक दिर्घाबाट मुस्कुराउँदै तालि बजाई रहेका थिए ।भने ‘ बल्ल आज मेरो सपना पुरा भयो ।’