२०७७ फाल्गुन २४ गते सोमवार

तुलसीपुर सिटी हस्पिटल दाङकै पहिलो लिफ्टसहितको हस्पिटल (भिडियोसहित)

आम नागरिकलाई सेवा दिन थलो बनाउन सुझाब

तुलसीपुर,माघ २४ । दाङको तुलसीपुरबाट सञ्चालन हुदै आएको तुलसीपुर सिटी हस्पिटल प्रालिले पहिलो पटक जिल्लामा लिफ्टसहितको सेवा प्रदान गर्ने पहिलो हस्पिटल बनेको छ । हालसम्म जिल्लाका कुनैपनि हस्पिटलमा लिफ्टसहितको सेवा थिएन ।

विगत ६ वर्ष देखि तुलसीपुरको ‘ग’ लाइन बाट स्वास्थ्य सेवा पु¥याउदै आएको हस्पिटलले शनिवारदेखि नयाँ व्यवस्थापनका साथ तुलसीपुरको ‘ङ’ लाइनबाट सेवा दिन थालेको जनाएको छ ।

नयाँ ठाउँमा स्थान्तरण गरिएको हस्पिटलको शनिवार नेपाल उद्योग वाणिज्य महासघंका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश ढकालले उद्घाटन गरेका हुन ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ढकालले लुम्बिनी प्रदेशको राजधानी दाङमा सञ्चालित सुविधा सम्पन्न सिटी हस्पिटललाई जिल्लासहित आसपासका पहाडी जिल्लाहरुबाट आउने बिरामीहरुको सेवा गर्ने गरि विकाश गर्न आग्रह गरे ।

‘टाढा लैजाँदा लैजाँदै बिरामीको स्वास्थ्य जोखिमा पर्न सक्छ,’ ढकाललेभने भबिस्यमा सिटी हस्पिटल त्यस्ता धेरै घाइते र बिरामीहरुको जीवन रक्षा गर्ने ठाउँ बनोस।’

स्वास्थ्यको महत्व र आवश्यकतालाई बुझेर स्वास्थ्यमा आम नागरिकलाई स्तरीय सेवा दिन सक्ने खालको हस्पिटल बनाउन सुझाएका थिए ।

‘ यस पटक म आँफै कोभिड १९ को संक्रमित भएपछि स्तरिय हस्पिटल र स्वास्थ्य सेवाको महत्व झनै मनन् गरे,’ ढकालले भने ‘ जतिसुकै ठूलो व्यापारी होस, राजनीतिज्ञ किन होस उस्ले टाइम्ली स्तरिय स्वास्थ्य सेवा पाएन भने जीउन गाह्रो हुन्छ । मैले समयमै उपचार नभएको भए आज म यहाँ हुन्थे कि नाई त्यो भन्न सजिलो छैन ।’

उनले नीजि क्षेत्र संधै नाफाका लागि मात्रै काम गर्छ भन्नु गलत बुझाई भएको बताए । कार्यक्रमलाई सम्वोधन गर्दै तुलसीपुरका मेयर घनश्याम पाण्डेले बिप्पन बर्गको उपचारमा बिगतमा सिटी हस्पिटलले महत्पूर्ण भूमिका निर्वाह गरेको भन्दै धन्यबाद ज्ञापन गरे ।

उनले तुलसीपुर र आसपासका जिल्लाबासीले अब सिटी हस्पिटलका कारण तुलसीपुरमै स्तरिय स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गरेको भन्दै खुसी साटे ।

अध्यक्षको आसनबाट बोल्टै सिटी हस्पिटल प्रालिका अध्यक्ष बिमल रिजालले आम नागरिकले सेवा लिन सक्ने गरि सिटी हस्पिटलले सेवा दिदै आएको बताए । सिटी हस्पिटल एउटा गहनाको रुपमा सञ्चालन भएको भन्दै अध्यक्ष रिजालले भबिस्यमा सामाजिक उत्तरदायित्व बहन गर्दै निश्वार्थ रुपमा स्वास्थ्य सेवामा खट्न चिकित्सकलाई आग्रह गरे । ‘यहाँका सर्वसाधारण नागरिकले सोचेको भन्दा अलग र फरक सेवा दिन प्रयास हुने छ,’ रिजालले भने ‘ हामी मुनाफा भन्दापनि सेवाप्रति प्रतिबद्ध भएर लाग्ने छौं।’

आधारभूत स्वास्थ्यमा जनताको पहुँचमा स्थापित गर्न तुलसीपुरको सबै वडामा स्वास्थ्य केन्द्र स्थापना गरेको भन्दै उहाँले सामाजिक उत्तर दायित्व अनुसार सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा हस्पिटलका निर्देशक हेमराज बस्नेतले २०७२ सालमा स्थापना भएको हस्पिटलले हासम्म ४० हजार बढी नागरिकलाई स्वास्थ्य सेवा दिएको बताए । उनले अति बिपन्न र रकम तिर्न नसक्ने अवस्थामा बिरामीलाई निशुल्क उपचार गरिएको बिवरण पनि प्रस्तुत गरेका थिए ।

विगत ६ वर्ष देखि निरन्तर स्वास्थ्य सेवा प्रदान गर्दै आएको हस्पिटलले निकट भविष्यमा भेन्टिलेटर सहितको आइसियु , एनआइसियू र एडभान्स मोटिभ सेवा दिने योजना बस्नेतले जानकारी दिए ।

हस्पिटलबाट हाल हाडजोर्नी तथा नसारोग,नाक,कान,घाटीँ रोग,रेडियोलोजिस्ट,जनरल फिजिसियन लगाएत रोगको विषेशज्ञ डाक्टरहरुद्धारा उपचार हुदै आएका हस्पिटलले जनाएको छ । हस्पिटलका संस्थापक अध्यक्ष ललितबहादुर घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार शरद रेग्मीले गरेका हुन ।

प्रकाशित मिति : २०७७ माघ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *