तुलसीपुर,माघ २४ । दाङका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कारागार भित्रै बसेर पनि नयाँ प्रबिधि र युग सहाउँदो ज्ञान हासिल गर्न सकिने बताएका छन् ।
तुलसीपुर कारागारमा कैदी बन्दीलाई एक संस्थाले प्रदान गरेको कार्यक्रम हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै शनिवार प्रमुख जिल्ला अधिकारी आचार्यले ज्ञानको भण्डार असिमित रहेको भन्दै कैदी बन्दीले कारागार भित्रै बसेर पनि ज्ञान हासिल गर्न सक्ने बताएका हुन ।
‘बिगतमा भएका कमिकमजोरीले गर्दा हाल बन्दी जीवन बिताउनु परेपनि तोकिएको सजाय भुक्तान गरि घर जाने क्रममा नयाँ पुस्ता संग र नयाँ युगसंग पहिलै परिचित भएर जान सक्ने वातावरण निर्माण गर्न सक्नु हुने छ,’ उनले भने ‘ यहाँहरु भौतिक रुपमा मात्रै कैद गृह भित्र हुनुहुन्छ,तर असिमित ज्ञानका माध्यमबाट तपाँईको चेतनाको तह र बिचारको तह अतेन्तै फराकिलो पार्न सक्नु हुने छ।’
उनले कारागारलाई सुधार गृहका रुपमा लिन र बिगतमा भएका कमिकमजोरीबाट पाठ सिकेर कारागार बस्दा आफुलाई ज्ञान सीपमा अब्बल राखि असर नागरिक बनेर निस्कन आग्रह गरे ।
कार्यक्रममा गूड वीलका प्रतिनिधि जेसी अशोक श्रेष्ठले प्रदान गरिएका कम्प्यूटरबाट ज्ञान बिज्ञान र बैंकिङ क्षेत्रका कुरा कैदी बन्दीलाई सिक्न सहज होस भनेर आफुहरुले कम्प्यूटर सहयोग गरेको बताए । आफुलाई प्रबिधिसंग अपडेट राखी समाज र बाहिरी संसारको बारेमा ज्ञान हासिल गर्न कम्यूटर सहयोगी बन्ने उनले आशा व्यक्त गरे ।
रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष सुरेश हमालको अध्यक्षमा भएको कार्यक्रममा तुलसीपुर कारागारका प्रमुख युबराज परियार, क्लवका इलेक्ट प्रिसिडेन्ट शिबप्रशाद श्रेष्ठ, पूर्व अध्यक्ष कुशल तर्ताल लगाएतले कैदी बन्दीलाई प्राप्त अवसरलाई भरपुर सदुपयोग गरि ज्ञान हासिल गर्न आग्रह गरेका थिए ।कार्यक्रमको सहजिकरण क्लवका महासचिव देबेन्द्र केसीले गरेका हुन ।
तुलसीपुर र घोराही कारागारमा २० कम्प्यूटर प्रदान
दाङका दूई कारागारका कैदी बन्दीका लागि २० थान कम्यूटर प्रदान गरिएको छ । तुलसीपुर कारागारमा दश र घोराही कारागारमा १० गरि २० वटा कम्यूटर प्रदान गरिएको हो । दुबै कारागारहरुमा प्रिन्टर लगाएका अन्य आवश्यक उपकरणपनि प्रदान गरिएको छ ।
गूड वील कम्यूनिटी फाउन्डेसन रोटरी क्लव अफ धुलिखेल र रोटरी क्लव अफ तुलसीपुरको सहयोगमा झन्डै साढे ६ लाख बराबरको कम्यूटर तथा प्रिन्टर लगाएका सामाग्री प्रदान गरेको हो ।