२०८१ भाद्र २५ गते मङ्गलवार

दाङमा फागुन १ गतेदेखि स्वास्थ्य बिमा कार्यक्रम सुरु हुदै

तुलसीपुर,माघ १८ । जनप्रतिनिधि तथा सरोकारवालाहरुको लागि स्वास्थ्य सम्बन्धि दूई दिने अभिमुखीकरण तुलसीपुरमा भएको छ । स्वास्थ्य बिमा बोर्ड टेकु काठमाडौंको आयोजनामा कार्यक्रममा भएको हो ।

तुलसीपुर उपमहानगरापलिका जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख अंगतबहादुर शाहीले देशलाई पूर्ण खोप निवारण बनाउने सरकारको उद्देश्यका साथ जिल्ला स्वास्थ्य कार्यालय दाङ लागि परेको बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भाष्करराज गौतमले स्वास्थ्य बिमा सुधारउन्मुख अवस्थामा रहेको र बिमालाई सफल पार्न सबै एक हुनुपर्नेमा जोड दिए । कार्यक्रममा राष्ट्रिय बिमा बोर्ड लुम्बिनी प्रदेश कार्यालयका संयोजक मनोज हमालले बिमाको उद्देश्य र बिषेशताका बारेमा जानकारी दिएका थिए ।

उनले लुम्बिनी प्रदेशमा दाङबाट कार्यक्रम सुरु हुन लागेको जानकारी दिए । कार्यक्रमको यहि माघ ३० गते दाङमा उद्घाटन हुने छ भने फागुन १ गतेदेखि फाराम भर्न सुरु हुने उनले जानकारी दिए । कार्यक्रममा तुलसीपुर ७ का अध्यक्ष टोपबहादुर केसी,स्वास्थ्यकर्मी इश्वरीप्रसाद चालिसे लगाएतकाले दाङमा सुरु हुन लागेको स्वास्थ्य बिमा कार्यक्रमले नागरिकको स्वास्थ्यमा सहज हुने बताए ।

कार्यक्रम नेपालका ६३ वटा जिल्लामा सुरु हुन लागेको उहाँको भनाई छ । स्वास्थ्य बिमा गराउँदा एक परिवारले ३ हजार ५ सय रुपैया शुल्क तिर्नुपर्ने प्राबधान राखिएको छ ।तुलसीपुमा ४० हजार बढी घरधुरी रहेका छन् ।
कार्यक्रमको सहजिकरण स्वास्थ्य निरिक्षक बिमल केसीले गरेका थिए ।

प्रकाशित मिति : २०७७ माघ १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *