२०८१ बैशाख ६ गते बिहिवार

प्रतिष्ठान र नेत्र ज्योतिसंघ बीच संझौता

घोराही, माघ १३ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज बीच संझौता भएको छ ।

त्यो संझौतामा प्राज्ञिक, अनुसन्धान र आँखा स्वास्थ्य सेवाको विकास र विस्तार गर्ने कुरा उल्लेख छ । प्रतिष्ठान र संघ बीच दुवै संस्थाको आपसी सहयोग र सहकार्यमा क्लिनीकल एक्सपोजर, पोष्ट ग्राजुएट, ,अन्डर ग्राजुएट फेलोसिप कार्यक्रम र नेत्र विज्ञानको अध्ययनको कार्यक्रमलाई संयुक्तरुपमा सञ्चालन गर्ने सम्झौता गरिएको छ ।

प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. संगीता भण्डारी र नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

सम्झौतामा आँखा स्वास्थ्य कार्यक्रम अन्र्तगत राप्ती आँखा अस्पताल, छन्द काले बाबु नारायणी आँखा अस्पताल र लमही आँखा अस्पताललाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको नेत्रविज्ञान विभाग डिपार्टमेन्टको रुपमा विकास र विस्तार गर्न सहयोग गर्ने सहमति भएको हो ।

दुवै संस्थाको दिगो विकाश गरि आम सेवाग्राही सहज र सुलभ रुपमा गुणस्तरी सेवा दिने कुरामा संझौता भएको छ ।

सार्वजनिक नीजि साझेदारी अनुरुप वृहत आँखा स्वास्थ्य सेवा प्रदान गर्न शल्यक्रिया सेवा तथा अन्य विशिष्टिकृत सेवा प्रदान गरिने भएको छ ।

अब दुबै संस्था बीच प्रतिष्ठानको शल्यक्रिया केन्द्रकोको रुपमा मान्यता दिने र मोतियाविन्दु लगाएत आँखाका अन्य विशिष्टिकृत सेवाहरुका लागि कार्यक्रम अन्तर्गतको अस्पतालमा रिफर गर्ने सम्झौतमा उल्लेख छ ।

त्यस्तै प्रतिष्ठानको कार्यक्रम अन्तर्गतका आँखा अस्पताललाई शैक्षिक अध्ययन संस्था बनाउन पूर्ण सहयोग गर्ने भएको छ ।

सम्झौतामा नेपाल नेत्रज्योति संघ राप्ती आँखा अस्पतालबाट घोराहीका गणेश कुमार रेग्मी शर्माले हालको घोराही आँखा उपचार केन्द्र प्रतिष्ठानलाई हस्तान्तरण गर्ने, सोको सम्पूर्ण आर्थिक,प्रशासनिक जिम्मेवारी प्रतिष्ठानको हुने र आवश्यक कर्मचारीपनि आफैले व्यवस्थापन गर्ने सम्झौंतामा उल्लेख छ ।

प्रकाशित मिति : २०७७ माघ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *