तुलसीपुर, ६ माघ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्र्तगत सञ्चालीत छन्द कालेवावु नारायणी आँखा अस्पताल बहादुरगञ्ज, कपिलबस्तुको कर्मचारी आवास भवनको शिलान्यास गरिएको छ । मंगलवार एक कार्यक्रममा विच संविधान सभाका सदस्य संघका सल्लाहकार वुद्धीराम भण्डारी र संघका केन्द्रिय सदस्य तथा अस्पताल व्यवास्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले संयूक्तरुपमा आवास भवनको शिलान्यास गरेका हुन ।
कर्मचारी आवास भवन निर्माण समितिका अध्यक्ष लिला शाहको अध्यक्षता तथा संविधान सभा सदस्य तथा बुद्धिराम भण्डारीको प्रमुख आतिथ्यता नेपाल नेत्रज्योति संघका केन्द्रिय सदस्य, दाङका सभापति कृष्णकुमार गिरी, जग्गा दाता नारायाणी शाहको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै भण्डारीले आवास भवन निर्माण संगै कर्मचारीहरुलाई सहज हुने बताए ।
उनले संघद्धारा सञ्चालीत आँखा अस्पतालहरुले गुणस्तरी सेवा दिएको भन्दै अस्पतालको भौतिक विकासका लागि सवैले सहयोग गनुपर्ने बताए । उनले आँखा अस्पतालहरुले जिल्ला, छिमेकी जिल्ला र मित्रराष्ट्रका नागरिकलाई समेत आँखा उपचार सेवा दिई उज्यालो प्रदान गरेको भन्दै स्थानीय निकायहरुले पनि यसमा सहयोग गनुपर्ने बताए ।
त्यस्तै संघका केन्द्रिय सदस्य गिरीले संघद्धारा सञ्चालीत अस्पतालहरुको भौतिक विकास र सेवाको विस्तारमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए । उनले आवास भवन निर्माणका लागि सहयोग गर्ने माननिय अभिषेक प्रताव शाहलाई धन्यवाद दिदै आवास भवन निर्माण कार्यलाई जति सक्यो छिटो सम्पन्न गर्ने बताए ।‘ संघ अन्तर्गतका अस्पताललाई केकसरी भौतिक तथा गुणस्तरी सेवा दिएर सुविधा सम्पन्न गराउन सक्छौ भन्नेमा हामीलागेको छौं, यस अभियानमा साथ सहयोग गर्ने सवैलाई धन्यवाद दिन चाहान्छु –गिरीले भने । उनले अन्धोपन निवारणका लागि आफुहरु लागेको भन्दै यसमा साथ र सहयोग गर्न सवैलाई आग्रह गरे ।
कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सल्लाहकार उकामान्त पन्त, किरण रेग्मी, उपसभापति रेशमबहादुर खड्का, चिफ मेडिकल डाइरेक्टर डा. सुलक्ष्मी कटुवाल, नेपाल पत्रकार महासंघ दाङका सहसचिव सर्मीला डिसीलगायतले कर्मचारी आवास भवन निर्माणमा आर्थिक सहयोग गर्ने प्रतिनिधि सदस्य शाहलाई धन्यवाद दिदै आवास भवन निर्माण संगै कर्मचारीहरुलाई सहजहुने बताएका थिए ।
कार्यक्रममा कर्मचारी आवास भवनको काम यसै आर्थिक बर्षमा सक्ने छन्द कालोवावु नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रशासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिए । उनले प्रतिनिधि सभा सदस्य अभिषेक प्रताव शाहले स्थानीय पूर्वाधार साझेदारी विकास कार्यक्रम बाट विनियोजित रु ५० लाख सहयोगमा भवन निर्माण सुरुगरेको जानकारी दिए । प्रशासकिय अधिकृत जसराज विश्वकर्माको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण सूचना अधिकारी बालाराम खड्काले गरेका थिए ।