२०८१ भाद्र २३ गते आइतवार

चिकित्सकको लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते हुने

काठमाडौं,माघ ४ । नेपाल मेडिकल काउन्सिलले ५९औं चिकित्सक लाइसेन्स दर्ता परीक्षा फागुन ९ र १० गते गर्ने सञ्चालन गर्ने भएको छ।

फागुनमा हुने दर्ता लाइसेन्स परीक्षाका लागि काउन्सिलले माघ ५ गतेदेखि अनलाइन आवेदन फाराम खुला गरेको छ।

काउन्सिलले आइतबार सूचना जारी गर्दै परीक्षामा सहभागी हुने आवेदकले exam.nmc.org.np मा दिइएको निर्देशन अनुसार अनलाइन आवेदन फारम भर्न सकिने जनाएको छ। काउन्सिलले २४सै अनलाइन फारम भर्ने र बुझाउने वयवस्था गरेको छ।

माघ ५ देखि २४ गतेसम्म नियमित तथा माघ २५ र २६ गते विलम्ब शुल्कसहित फारम बुझाउन सकिने सूचनामा उल्लेख गरिएको छ। परीक्षा काठमाडौं केन्द्रमा सञ्चालन हुने काउन्सिलले जनाएको छ।

 

प्रकाशित मिति : २०७७ माघ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *