२०८१ बैशाख ७ गते शुक्रवार

जन्मकैदको सजाए तोकिएका दूई युवक बाँके प्रहरीद्धारा पक्राउ

दाङ, पुस २८ । बाँकेको नेपालगञ्ज नगरपालिका वडा नं. ८ का २८ बर्षीय चेतन मानन्धरको हत्यामा संलग्न थप दूई युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा मंगलगवार पत्रकार सम्मेलन गरि मानन्धर हत्यामा संलग्न मध्य नेपालगञ्ज १८ कारकादोका ३० बर्षीय हरि वली र सोही ठाउँका ३१ बर्षीय बिबाद पाठकलाई सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले २०७२ साल असार २८ गते दिउँसो ३ बजेको समयमा नेपालगञ्ज १२ सुर्खेत रोडमा मानन्धर एक्लै रहेको वली र पाठक लगाएत १५ जना युवाहरुको समुहले खुडा, खुकुरी, रडले प्रहार गरि हत्या गरेको जानकारी दिए ।

घटनामा संलग्न रहेका वली र पाठकलाई उच्च अदालत तुलसीपुरको नेपालगञ्ज ईजलाशले २०७६ साल माघ २८ गते जन्म कैदको फैसला सुनाएको थियो । फरार रहेका वली र पाठकलाई पुस २७ गते राति साढे ९ बजेतिर नेपालगञ्जबाट पक्राउ गरिएको एसपी रानाले बताए । एसपी रानाले जिल्लामा हुने ठेक्का पट्टा र व्यापारीसंग रकम अशुल्ने कस्ले अशुल्ने सवालमा दूई समुहका बीचमा पूर्व बिवाद र रिसिबीका कारण मानन्धरको हत्या भएको देखिन आएको जानकारी दिए ।

मानन्धर हत्याको मुख्य योजनाकार हाल कारागारमा रहेका साविक नेपालगञ्ज ५ का योग ढकाल भनिने रिगल रहेको प्रहरीले बताएको छ । नेपालगञ्ज ५ कै सोहनसिंह ढकाल, नेपालगञ्ज १२ का माधव परियार, वडा नं. १८ का दिपेन्द्र मल्ल, साविक महादेवपुरी ४ का नवराज खत्री, सोही ठाउँको वडा नं. २ का प्रेमध्वज खत्री, सोही ठाउँकै मोहनलाल खड्का, सोही ठाउँकै छबिलाल बस्नेत, नेपालगञ्ज ५ का प्रितम थापा समेत गरि ९ जना कारागारमा रहेका छन् ।

हालसम्म मानन्धर हत्या काण्डमा संलग्न १५ जना मध्य हालसम्म प्रहरीले १२ जनालाई पक्राउ गरि सकेको र ३ जना फरार रहेको एसपी रानाले पत्रकार सम्मेलनमा बताए । जसमा नेपालगञ्ज २० का यामबहादुर बुढा मगर, साबिक महादेवपुरी २ का केशबबहादुर रोकाया र नेपालगञ्ज १८ का मनिष चौलागाई फरार रहेको प्रहरीले बताएको छ ।

चौलागाई हाल न्यूजल्याण्डमा रहेको र नेपालमा झिकाउनका लागि इन्टरपोलसंग पत्रचार भइसकेको एसपी ओम रानाले जानकारी दिए । मगर र रोकायाको खोजी कार्य जारी रहेको पनि प्रहरीले बताएको छ । मानन्धर हत्यामा संलग्न मध्य कोहलपुर नगरपालिका वडा नं. ३ का दिपक केसीलाई भने २० रुपैंया जरिवाना तिरेर रिहा भएका थिए ।

प्रकाशित मिति : २०७७ पुष २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *