तुलसीपुर,पुस २६ ।दाङको तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पतालले अब सिटी स्क्यान सेवा दिने भएको छ । सिटी स्क्यान सेवा र क्वार्टर भवनको आइतवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले चिकित्सकहरुको दृष्टिकोणले दाङ जिल्ला उपयुक्त रहेको बताए । ‘एक समय यस्तो रह्यो,जहाँ डाक्टरहरु पाउनका लागि पनि कठिन समय गुजारेको थियौँ,’ उनले भने ‘तर पछिल्ला दिनहरुमा यसको सुधार हुदै गएको छ र अहिले चिकित्सकहरुको दृष्टिकोणले दाङ जिल्ला उपयुक्त मानिन्छ।’
। अब आवास निमार्ण पछि अस्पतालमा बस्न नचाहने प्रवृतिको अन्त्य हुने उनले विश्वास व्यक्त गरे ।अस्पताललाई बिषेशज्ञ अस्पतालका रुपमा विकास गर्ने सोचका साथ गुरुयोजना तयार गर्ने कार्यक्रम राखेको पनि बताए ।उनले बिरामीको सन्तुष्टिले नै अस्पतालको क्षमता विकासमा सहयोग पु¥याउने धारणा राखे ।
‘अस्पातलहरु रिफर केन्द्र नभई उपचार केन्द्रका रुपमा विकास गर्नुपर्छ,’ उलने भने ‘अस्पतालमा चिकित्सक हुँदाहुदै पनि उपचारमा आएका बिरामीलाई रिफर गर्ने गरेको गुनासाहरु आउने गरेको छ । रिफर गर्ने कार्यलाई रोक्नु होला ।’
त्यस्तै उनले राप्ती प्रादेशिक अस्पतालको जमिनलाई सुरक्षित गर्ने कुरापनि चुनौतीको विषय बनेको सुन्नमा आएको बताए । ‘यदि कोही बास्वतमै सुकुम्वासी हो भने अहिले आयोग गठन भैसकेको छ,’ उनले भने ‘नगरपालिकामा आफ्नो विवरण भर्नुस र उपयुक्त ठाउँ नगरपालिकाले जग्गा उपलब्ध गराउछ । तर, अस्पतालको जग्गा हड्ब पाइदैन ।’
अस्पतालको जग्गा आम नागरिकहरुका लागि सेवा प्रदान गर्ने जग्गा भएको भन्दै त्यसलाई अतिक्रमण गर्ने कुरा उचित मान्न नसकिने बताए । अस्पताल जस्तो ठाउँको जमिन अतिक्रमणमा पर्नु दुःखद कुरा भएको र अतिक्रमण हटाउन सबै नागरिक एक हुनुपर्ने उनले बताए ।
कार्यक्रममा तुलसीपुरका प्रमुख घनश्याम पाण्डेले अस्पतालको बिकाससंगै लुम्बिनी र कर्णाली क्षेत्रका जनताले सहज रुपमा सेवा पाउने आशा व्यक्त गरे ।
आइसियू सेवा सञ्चालनका लागि उपमहागनरपालिकाले भवन निर्माणको काम सुरु गरेको बताए ।राप्ती प्रादेशिक अस्पताललाई प्रदेशकै विषेशज्ञ सेवा दिने अस्पतालका रुपमा विकास गरि तुलसीपुरलाई स्वास्थ्य हवका रुपमा विकास गर्ने दाबी गरे ।
राप्ती प्रादेशिक अस्पताल विकास समितिका अध्यक्ष पदमप्रसाद न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा मेडिकल सुपरिटेन्डेन डा. बिनोद सिंहले सिटी स्क्यान सेवा संगसगै २ सय बेडको अस्पताललाई ६ सय बेड सम्म पु¥याउने लक्ष्यका साथ काम भइरहेको जानकारी दिए ।साढे ३ करोडको लागतमा सिटी स्क्यान भवन निमार्ण भएको उनले बताए ।