२०८१ भाद्र २३ गते आइतवार

तुलसीपुरको ‘दिदी घर’ संस्था अबदेखि अल्पकालिन बालगृह


तुलसीपुर, पुस १७ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ डुम्र्रीगाउँ स्थित दिदी घर संस्थालाई अबदेखि अल्पकालिन बालगृहको रुपमा बिकास गरिने भएको छ । आपत विपदमा परेका, असहाय, अभिभावक बिहिन, संरक्षक बिहिनी बालबालिकालाई अबदेखि दिदी घर संस्थामा राखिने भएको छ ।

दिदी घरमा शुक्रबार आयोजित छलफल कार्यक्रममा बिभिन्न कारणले सडकमा आइपुग्ने १८ बर्षसम्मका बालबालिकालाई परिवारमा पुनःस्थापना नगर्दासम्म त्यही राख्ने निर्णय भएको जानकारी दिइएको हो । कार्यबिधिमा त्यस्ता बालबालिकालाई एक महिना वा बढीमा ४५ दिन सम्म राख्ने उल्लेख रहेको उपमहानगरपालिकाकी महिला बालबालिका तथा समाज विकाश शाखाकी अधिकृत माया श्रेष्ठले बताइन ।

सडकमा आइपुग्ने त्यस्ता बालबालिकालाई पारिवारीक पुनःस्थापना नगर्दासम्म कसैले पनि दुरुपयोग गर्न नपावस भन्ने उदेश्यले केही समयमो व्यवस्थापनका लागि ट्रान्जिटको रुपमा टिदी घर संस्थालाई आस्रय स्थल बनाइएको अधिकृत श्रेष्ठले बताइन । तीनवटा संस्थाले प्रस्ताब पेश गरेकोमा दिदी घर संस्था छनोटमा परेको उनले जानकारी दिइन ।

तुलसीपुरमा यसअघि नै बालअधिकार समिति स्थापना भइसकेको छ । जसको अध्यक्षमा बालअधिकारकर्मी तथा तुलसीपुर ६ का वडाध्यक्ष नवराज लामिछानेलाई तोकिएको छ । अधिकृत श्रेष्ठले बालअधिकार समिति, प्रहरी प्रशासन र संस्थाको समन्वयमा दिदी घर संस्थालाई बालबालिकाको अल्पकालिन बालगृहको रुपमा सफल तुल्याउने विश्वास व्यक्त गरिन ।

तुलसीपुरमा गत बर्ष नै बालहित कोष समेत स्थापना भइसकेको हुँदा असहाय तथा आपतकालिन अवस्थामा रहेका बालबालिकाको हितका लागि केही साहेता प्रदान गर्ने श्रेष्ठले जानकारी दिइन । त्यसका लागि तुलसीपुर उपमहानगरपालिकाले दूई लाख बजेट विनियोजन गरेको छ ।

गत बर्ष नै सडक बालबालिकाको व्यवस्थापनका लागि बजेट छुट्याएको भएपनि कार्यविधि नहुँदा र कोरोना भाइरसको माहामारीले गर्दा ढिलाई भएको बताइन । कार्यक्रममा दिदी घर संस्थाकी संस्थापक स्यानी चौधरीले त्यसरी ट्राञ्जिटका रुपमा ल्याइने बालबालिकालाई संस्थाले बस्दासम्म पठन पाठनको ब्यबस्था मिलाउने बताइन । त्यस्तै उनले ती बालबालिकालाई भुलाउन तथा आत्मनिर्भर बनाउन कुखुरा पालन, बंगुरपालन जस्ता व्यवसाय समेत गर्ने कि भनेर सोचेको जानकारी दिइन ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय महासचिव सुशील बस्नेतले बालबालिको पढ्न, लेख्न, खेल्न पाउने हक अधिकार हनन् हुन नदिनका लागि ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए । बालअधिकारकर्मी निर्मल नेपाली बादीले अप्ठेरोमा परेका बालबालिकालाई केही समय व्यवस्थापनको लागि राखेपनि उनीहरुलाई सकभर आफ्नै घर परिवार र समाजमा पुनःस्थापना गर्न तर्फ राज्यले ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखेका थिए ।

दिदी घर संस्थाले बिगत दूई तीन बर्षदेखि ११ जना अभिभावक विहिन, असाहाय र संरक्षक विहनी बालबालिकालाई राख्दै आएको छ । संस्थाले ती बालबालिकालाई अरनिको बोर्डिङ स्कूल र हिमाल बोर्डिङमा पढाउँदै आएको संस्थाकी सञ्चालक स्यानी चौधरीले बताइन ।

श्रीमानसंग सम्वन्ध बिच्छेद गरेर चौधरीले यस्तै साहारा बिहिन असहाय बालबालिकाको संरक्षक भएर उनीहरुको पालन पोषण र शिक्षा दिक्षा दिदै आएकी छन् । उनका आफ्नै सञ्तान भने छैनन् ।
यो स्यानी चौधरीको आफ्नै घर हो ।

प्रकाशित मिति : २०७७ पुष १७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *