२०८१ भाद्र २३ गते आइतवार

कोरानाका कारण नेपालगञ्जका ६६ बर्षीय पुरुषको मृत्यु

दाङ, पुस १५ । कोरोना भाइरसका कारण बाँकमा एकजना पुरुषको मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं। २० निवासी ६६ बर्षीय पुरुषको बुधवार बिहान सवा ६ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको हो ।

जिल्ला फोकल पर्सन तेज वलीका अनुसार उनलाई पुस ८ गते कोरोना संक्रमन पुष्टि भएको थियो ।

संक्रमन पुष्टि भएपछि उनलाई उपचारका लागि सैनिक अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो ।

तर,उनको स्वास्थ्यमा थप समस्या देखिएपछि उपचारका लागि भेरी अस्पतालमा लगेर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला फोकल पर्सन वलीले जानकारी दिएका छन् ।

यो संगै बाँके जिल्लाका ४५ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ पुष १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *