२०८१ असोज ४ गते शुक्रवार

प्रतिष्ठानमा काठमाडौंको पछिको ठूलो सिटी स्क्यान मेसिन जडान

घोराही, पुस १४ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा काठमाडौं पछिको ठूलो सिटी स्क्यान मेसिन जडान गरिएको छ । १ सय २८ स्लाइसको सिटी स्क्यान मेसिन जडान गरिएको प्रतिष्ठानकि उपकुलपति प्राध्यापक डाक्टर संगीता भण्डारीले जानकारी दिइन । भण्डारी यति ठूलो उपकरण पश्चिम नेपालमा पहिलो र काठमाडौं उपत्यका बाहिर दोस्रो सिटी स्क्यान सेवा आफुहरुले सुरु गर्न लागेको बताइन ।

यो मेसिनबाट माघ १ गतेदेखि सेवा दिन सुरु हुनेपनि उनले बताइन । करिब ७ करोड लागतमा सेवा सञ्चालन गर्न लागिएको उनले बताइन । हाल आएर अस्पतालमा नयाँ विशेषज्ञ चिकित्सकहरु थप्दै गएको, मानसिक रोग विशेषज्ञ, एनेस्थेसिया, इएनटी, हाडजोर्नी, मेडिकल अफिसरसहित २० जना, नयाँ अप्रेसन थिएटर थपिएको अस्पताल प्रशासनले जानकारी दिएएको छ ।

यसैबीच प्रतिष्ठानका डिन डा. बसन्त लामिछाने, अस्पताल निर्देशक डा. सागर पन्थी, प्रतिष्ठानका निमित्त रजिस्ट्रार झंकार लामिछाने, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्त, प्रतिष्ठान सरोकार समितिका संयोजक तथा दाङ जिल्ला उबासंघका अध्यक्ष नारायण भुसाल, पत्रकार महासंघ दाङका अध्यक्ष सबिन प्रियासन, अस्पतालका चिकित्सक, कर्मचारिसहितको टोलिले अबलोकन गरेको छ ।

प्रकाशित मिति : २०७७ पुष १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *