२०८२ असार ३० गते मङ्गलवार

२८ लाख बढीलाई आँखा उपचार सेवा


तुलसीपुर,पुस ७ । नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल रक्षाचौर दाङले स्थापनाकाल देखि हालसम्म २८ लाख ३५ हजार ५ सय ४० जना आँखाका बिरामीलाई सेवा दिको जनाएको छ । यी मध्ये मोतियाबिन्दुको शल्यक्रिया गरि १ लाख ८० हजार ९ सय ८८ जनालाई सेवा दिन सफल भएको अस्पतालले जनाएको छ ।

राप्ती आँखा अस्पताल रक्षाचौरका कार्यक्रम संयोजक एवं नेत्र अधिकृत शालिकराम गौतमका अनुसार ति मध्ये आँखा अस्तपालहरुबाट १९ लाख ४६ हजार २ सय ७९ जनाले ओ पि डि सेवा र १ लाख ४३ हजार ६ सय ७७ जनालाई शल्यक्रिया मार्फत सेवा लिएका छन ।

उनले आखाँ उपचार केन्द्रहरुबाट ४ लाख ६० हजार ६ सय ८९ जना र शल्यक्रिया मार्फत ३६ हजार ४ सय २४ जनाले सेवा लिएको जानकारी दिए ।त्यस्तै विभिन्न दुर्गम स्थानमा आँखा जाँच कार्यक्रम आयोजना गरि गरिएको निशुल्क आँखा शिविरहरुबाट ४ लाख ३१ हजार ५ सय ७२ जनाले ओ पि डि सेवा र ८ सय ८७ जनाले शल्यक्रिया मार्फत सेवा लिएको संयोजक गौतमले जानकारी दिए ।

२०३५ सालमा स्थापना भएको अस्पतालले हाल २० वटा आंखा अस्पतालहरु र १ सय २१ आंखा उपचार केन्द्रहरु संचालन गरिरहेको उनको भनाई छ ।

उनले ति अस्पतालहरुबाट वार्षिक ३२ लाख भन्दा बढी नेत्ररोगीहरुलाई वहिरंग सेवा र करिव ३ लाख ५० हजार भन्दा बढीको मोतियाविन्दुको शल्यक्रिया गरी उपचार सेवा पु¥याउदै आईरहेको जानकारी दिए । उनका अनुसार नेपालमा हरेक दिन १ सय २५ जना व्यक्तिहरु दृष्टिविहिन हुने अनुमान गरिएको छ ।

ति मध्ये समयमै उपचार पाएको खण्डमा ८० प्रतिशत अर्थात १०० जनाले पुनः दृष्टि पाउन सक्छन भने धेरै मानिसहरु अझै पुर्वजन्मको पाप, निको नहुने वा सेवा नपाएर दृष्टिविहिन भइ बस्न बाध्य रहेको उनको भनाई छ ।

पत्रकारलाई आँखा स्वास्थ्य तालिम
यसैबिच सल्यानका पत्रकारहरुलाई आँखा स्वास्थ्य शिक्षा तालिम दिइएको छ । नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित राप्ती आँखा अस्पताल रक्षाचौर दाङको आयोजना र नेपाल पत्रकार महासंघ सल्यानको समन्वयमा जिल्लामा क्रियाशिल पत्रकारहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

सो अवसरमा राप्ती आँखा अस्पताल रक्षाचौरका कार्यक्रम संयोजक एवं नेत्र अधिकृत शालिकराम गौतमले आँखा स्वस्थ राख्ने तरिका, आँखामा लाग्ने रोगहरु, मोतियाबिन्दु, जलबिन्दु,दृष्टीदोष लगाएतका बारेमा जानकारी दिए ।

सानो लापरबाहीको कारणले आखाँको ज्योती गुम्न सक्ने भएकाले आखाँलाई सुरक्षित राख्न बिशेष ख्याल गर्नुपर्नेमा जोड दिए । उनले आँखा मानिसको महत्वपूर्ण अंग भएकाले ६ महिनाको अन्तररालमा चेकजाँच गर्न,नियमित सरसफाईमा ध्यान दिन र आँखामा जथाभावी तेल, गाजल लगाउने जस्ता कार्य नगर्न आग्रह समेत गरे ।

कार्यक्रममा नेपाल नेत्रज्योति संघ दाङका सुचना अधिकारी बालाराम खड्काले आँखा स्वास्थ्यका विषयमा स्थानीय सरकारसंग सहकार्य गरि समुदायस्तरमा आँखा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्ने गरी तयारी भैरहेको बताए ।

उनले अन्धोपन न्युनिकरणका लागि नेपाल नेत्र ज्वोती संघले स्थानिय स्तरमा आमा समुह, स्वास्थ्य स्वयमसेबिका,शिक्षक,विद्यार्थी,धामी झाक्री,पत्रकारहरुलाई समेत आँखा स्वास्थ्य शिक्षा तालिमहरु प्रदान गरिरहेको जानकारी दिए । उनले स्थानिय तहको प्रत्येक पालिकाहरुमा पनि आँखा स्वास्थ्य कार्यक्रम संचालन गरिरहेको बताए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ सल्यानका अध्यक्ष प्रतीक इच्छुक शर्मा, नेपाल पत्रकार महासंघ दाङका सह–सचिव शर्मिला डिसी,पत्रकार सरिता चलाउने लगाएतले आँखा स्वास्थ्य सम्वन्धी सचेतनामुलक कार्यमा सहकार्य गर्न तयार रहेको भन्दै प्रतिबद्धता जनाएका थिए ।

प्रकाशित मिति : २०७७ पुष ७ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *