तुलसीपुर,पुस २ । नेपाली कांग्रेसका क्रियाशिल सदस्य एवं पूर्व प्रधानाध्यापक ओबबहादुर डाँगीको १३ औँ दिनको पुन्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न भएको छ ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं १८ को आयोजनामामा डाँगी निवास दुधरासमा श्रद्धान्जली सभा सम्पन्न भएको हो ।
नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का सभापति हिमबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काले स्वर्गीय डाँगीको निधनले सिंगो नेपाली कांग्रेस दाङ नै शोकमा डुबेको बताए ।
उनले प्रजातन्त्रको लागी स्व.डाँगीले दिएको योगदान अतुलनीय रहेको स्मरण गरे ।
डाँगी बैद्धिक वर्गको व्यक्ती भएकाले उनले देखाएको बाटोमा हिड्नका लागी सम्पुर्ण नेता कार्यकर्ताहरुमा अनुरोध समेत गरे ।
कार्यक्रममा कांग्रेस दाङका जिल्ला सदस्य श्यामकुमार रेग्मीले स्व.डाँगी आफ्नो शैक्षिक र राजनितिक गुरु रहेको भन्दै उहाँले संगठन निमार्ण गर्नका लागी दिएको सहल्लाह सुझाव आत्मसाथ गर्दै जाने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रिय सदस्य होमबहादुर सेरचन,नेकपाका नेता बामदेब खनाल, कांग्रेसका पुर्व महासमिति सदस्य कृष्णबहादुर डाँगी,नेका पुर्व क्षेत्रिय सल्लाहाकार रामकुमार डाँगी,क्षेत्रिय प्रतिनिध बिनोद बस्नेत लगाएतले शोक मन्तव्य व्यक्त ेका थिए ।
कार्यक्रममा धन्यावाद ज्ञापन स्व. डाँगीका छोरा सन्तोष डाँगीले व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण नेपाली कांग्रेस तुलसीपुर १८ का सचिव रविराज गौतमले गरेका थिए ।
स्वर्गीय डाँगीको कोरोना भाइरस संक्रमणका कारण ७० बर्षको उमेरमा दुख्द निधन भएको थियो ।