२०८१ भाद्र २३ गते आइतवार

सावधानी अपनाए गर्भबति महिला फिष्टुलाबाट सजिलै जोगिन्छन् – शाक्य

तुलसीपुर,मंसिर ३० ।फेक्ट नेपालका निर्देशक डा. तारा शाक्यले गर्भअवस्थादेखि नै सावधानि अपनाएमा महिला फिष्टुला रोगबाट जोगिन सक्ने बताइएकी छन् । जनस्वास्थ्य सरोकार ट्रष्ट (फेक्ट नेपाल) काठमाडौँले मंगलवार तुलसीपुरमा आयोजनामा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै निर्देशक शाक्यले फिष्टुलादेखि जोगिन गर्भबति महिलाले नियमित गर्भजाँच गराउनु पर्ने कुरामा जोड दिइन ।

‘फिष्टुला शरिरको कुनै पनि भित्री अंगमा पर्ने अनावश्यक प्वाल हो,’ उनले भनिन्,–‘महिलामा फिष्टुला बच्चा जन्माउँदा हुने जटिलताका कारण हुने गर्दछ ।’ सानो उमेरमा गर्भवति हुँदा र लामो प्रसव व्यथा लाग्दा शिशुको टाउकाको दबाबले पिसाब थैलीमा वा मलाशयमा प्वाँल पर्नुपनि फिष्टुलाको प्रमुख कारण रहेको उनले बताइन । त्यस्ता जटिलासंग जुध्ने महिलाले सन्तान जन्माएपछि सुत्केरीलाई लगातार पिसाब बगिरहने समस्या देखापर्ने शाक्यले बताइन ।

मलाशयमा परेको दबाबले गर्दा कहिले काँही दिसा चुहिने समस्या पनि निम्तन सक्ने शाक्यले जानकारी दिइन ।लगातार दिसा र पिसाब दुवै चुहिँदा महिलालाई शारिरीक र मानसिक रूपमा कष्ट हुने हुँदा समयमै सजगता अपनाउन उनले आग्रह गरिन ।

यस्तो समस्यावाट जोगिन गर्भवतिको समयमा कम्तिमा ४ पटक नियमित गर्भजाँच गर्नुका साथै प्रसुति सेवाको लागि दक्ष स्वास्थ्यकर्मीद्धारा प्रसुति लिन बच्न सकिने शाक्यले सुझाइन ।

कार्यक्रममा फेक्ट नेपाल काठमाडौँका डा. बसन्त महर्जनले प्रशव फिस्टुला भनेको के हो ? यो रोग लागेपछि आई पर्ने समस्याहरु, लक्षणहरु, प्रशव फिष्टुलाको अबस्था र रोकथामका उपायहरुको बारेमा जानकारी दिएका थिए ।नेपाल सरकारले निशुल्क उपचार गराउदै आएको हुँदा कसैले पनि रोग लुकाएर बस्न नहुने उनले आग्रह गरे । फिष्टुलाको उपचार शल्यक्रियाबाट मात्रै गर्न सकिन्छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *