तुलसीपुर, मंसिर ३० । छुट्टाछुट्टै तीनवटा दूर्घटनामा परि दाङमा तीन जना युवाको मृत्यु भएको छ ।
दूईजनाको मोटरसाईकल दूर्घटनामा र थप एकजनाको गुडिरहेको ट्रयाक्टरबाट खसेर मृत्यु भएको छ ।
मृतक मध्य एकजना घोराहीका किशोर हुन भने थप दूई जना राप्ती गाउँपालिकाका युवाहरु रहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए ।
जिल्ला प्रहरी प्रबक्ता खड्काले घोराही उपमहानगरपालिका वडा नं। १८ का १७ बर्षीय धिरेन्द्र रोकाको आफैले चलाएको मोटरसाईकल दूर्घटनामा परि मृत्यु भएको छ ।
रोका सोही वडामा सोमबार राति साढे ९ बजेतिर मोटरसाईकल दूर्घटनामा परि गम्भीर घाइते भएका थिए । उपचारका क्रममा उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक बजेतिर मृत्यु भएको डिएसपी खड्काले बताए ।
घर्तीले चलाएको मोटरसाईकल अनियन्त्रित भइ दूर्घटनामा परेको र उनको साथमा सवारी चालक अनुमति पत्र फेला नपरेको प्रहरीले जनाएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं। ८ मा सडक किनारमा रोकिराखेको लु १ ख ७००६ नम्वरको ट्रकमा रा ३ प १३७३ नम्वरको मोटरसाईकल ठोक्किदा मोटरसाईकल चालकको मृत्यु भएको छ ।
दूर्घटनाका घाइते राप्ती गाउँपालिका वडा नं। ७ का २७ बर्षीय अनिल चौधरीको लमहीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता खड्काले जानकारी दिए ।
उनी सोमवार बेलुका ८ बजेतिर दूर्घटनामा परेका थिए । ट्रक र चालक प्रहरी नियन्त्रणमा छन् ।
त्यस्तै गुडिरहेको ट्रयाक्टरबाट लडेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा मृत्यु भएको छ ।
राप्ती गाउँपालिका वडा नं। ६ का २० बर्षीय विपिन चौधरीको उपचारका क्रममा बुटवलमा मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता खड्काले बताए ।
आइतवार राति साढे १० बजेतिर लु ३ त १३२६ नम्वरको गुडिरहेको ट्रयाक्टरबाट लडेर गम्भीर घाइते भएका थिए ।
चौधरी ट्रयाक्टरबाट लडेपछि पछाडिको टायरले उनलाई किचेको थियो । गम्भीर घाइते चौधरीको सोमवार दिउँसो उपचारका क्रममा बुटवलमा मृत्यु भएको प्रहरीले बताएको छ ।
चालक र ट्रयाक्टर प्रहरी नियन्त्रणमा रहेका छन् ।