काठमाडौं,मंसिर ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।
मंगलवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक स्थगित भएको हो ।
उक्त बैठकमा सभामुख अग्निप्रसाद सापकोटा भने अनुपस्थित भएपछि स्थगित भएको हो ।
उपसभामुख रिक्त रहेकाले बैठकमा सभामुखको उपस्थिति अनिवार्य छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनामात्रै सहभागी भए।
साथै प्रधानमन्त्रीलेृ आजै साँझ पुनः बैठक बोलाएका छन्।