२०८१ भाद्र २८ गते शुक्रवार

देउखुरीमा मोटरर्साइकल दूर्घटना ः एक विद्यार्थीको मृत्यु,अर्का गभ्भीर घाइते

तुलसीपुर, मंसिर २६ । दाङको देउखुरीमा मोटरसाईकल दूर्घटना हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ । अर्का गम्भीर घाइते भएका छन् ।जिल्लाको गढवा गाउँपालिका वडा नं. ३ का १८ बर्षीय मनोज अधिकारीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा शुक्रवार दिउँसो साढे ४ बजे मृत्यु भएको छ ।

उक्त दूर्घटनामा परि गढवा ४ का १९ बर्षीय प्रविण कार्की गम्भीर घाइते छन् । उनको पनि कोहलपुरमा उपचार भइरहेको जिल्ला प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिए । शुक्रवार दिउँसो सवा २ बजे लमहीवाट गढवा तर्फ जाँदै गरेको तीव्र गतिको लु ५३ प २१३७ नम्वरको मोटरसाईकल अनियन्त्रित भइ लमही नगरपालिका वडा नं. ५ स्थित कलभर्टमा दूर्घटनामा परेको थियो ।

दुबै जना घाइतेलाई लमहीमा प्रारम्भीक उपचार पछि थप उपचारका लागि बाँकेको कोहलपुर रेफर गरिएको थियो ।उनीहरु दुबै जना लमहीस्थित रोजीबोर्ड बोर्डिङ स्कूलमा प्लस टुमा अध्यनरत विद्यार्थी रहेको प्रहरीले जानकारी दिएको छ । पढाइ सकेर घर फर्किदै गर्दा उनीहरु दुर्घटनामा परेकापनि प्रहरीले बताएको छ । मोटरसाईकल कस्ले चलाएको थियो भन्ने अझैं खुलि नसकेको वडा प्रहरी कार्यालय लमहीका प्रमुख सई पुरन मल्ले जानकारी दिए ।

दुबैजना संग सवारी लाईसेन्सपनि फेला नपरेको प्रहरीले बताएको छ । प्रहरी स्रोतका अनुसार उनीहरुले चलाएको मोटरसाईकल पनि तेस्रो व्यक्तिको हो । उनीहरुले मागेर चलाउन भनि ल्याएको भन्ने खुल्न आएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *