२०८१ भाद्र २७ गते बिहिवार

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं,मंसिर २४ । डिसेम्बर ९ का दिन आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

दिवसका अवसरमा विश्वभर सरकारी र नागरिक सङ्घसंस्थाको संलग्नतामा भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनसँग सम्बन्धित विभिन्न कार्यक्रम गरिँदै आएको छ ।

संयुक्त राष्ट्रसङ्घको भ्रष्टाचारविरुद्धको महासन्धि सदस्य राष्ट्रहरूद्वारा अनुमोदन गर्न सन् २००३ डिसेम्बर ९ मा खुला गरिएको थियो । त्यसै वर्षदेखि डिसेम्बर ९ का दिन यो दिवस मनाउने गरिएको हो ।

यस वर्ष भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घद्वारा आफ्ना सदस्य राष्ट्रलाई महासन्धि अनुमोदन गर्न, महासन्धिका प्रावधानबमोजिम राष्ट्रका ऐन–कानून अद्यावधिक गर्न र भ्रष्टाचारविरुद्धको कारवाहीमा अन्तर्राष्ट्रिय समन्वय बढाउन अपिल गरिएको छ ।

हाल सम्पूर्ण विश्व नै कोरोना भाइरसको सङ्क्रमणबाट आतङ्कित भइरहेकाले यथाशीघ्र नियन्त्रण गर्न अपइनाइने विधि र प्रक्रियामा भ्रष्टाचारको सम्भावना न्यून गर्दै सदाचारका प्रयास बढाउन जरुरी भएको अपिलमा जनाइएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर २४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *