२०७७ माघ १४ गते बुधवार

बाल यौन दुराचारकाे आराेपमा फ्रान्सेली नागरिक पक्राउ

काठमाण्डौ,मंसिर १६ । बाल यौन दुराचार /शोषणको आरोपमा फ्रान्सका एक नागरिक पोखरा महानगरपालिका १७ को बरौताबाट पक्राउ परेका छन् ।

१२ वर्ष, आठ वर्ष र सात वर्षका बालकलाई यौन दुरुपयोगरशोषण गरेको आरोपमा फ्रान्सका क्रिश्चियन सेर्गई हेनरी नउगारेट पक्राउ परेका हुन् ।

उनीमाथि आवश्यक अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढाउन जिल्ला प्रहरी कार्यलय कास्कीमा बुझाइएको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका सूचना अधिकारी बेलबहादुर पाण्डेले जानकारी दिए ।

६० वर्षका नउगारेट पेसाले कम्प्युटर इञ्जिनियर हुन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *