२०७७ माघ १४ गते बुधवार

स्वर्गीय भण्डारीको सम्झनामा फलफुल वितरण

तुलसीपुर,१४ मंसिर । नेपाली कांग्रेसका नेता रेशम बहादुर भण्डारीको सम्झनामा घरपरिवारको तर्फबाट फलफुल बितरण गरिएको छ ।

नेपाली कांग्रेसका पुर्ब क्षेत्रीय सभापति तथा साविक उरहरीका पुर्ब प्रधानपन्च एबएवं पुर्ब गाबिस अध्यक्ष समेत रहेका स्वर्गीय भण्डारीको निधनको ८ औं दिनमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ बिजौरी स्थित असहाय बालबिकास केन्द्र र आज नबौ दिन भण्डारी पुर्ब अध्यक्ष समेत रहेको अमर माबि उरहरीका विद्यार्थीहरुलाई फलफुल बितरण गरिएको हो ।

भण्डारीको घरपरिवारका सदस्यहरु स्वयम उपस्थित भएर फलफुल बितरण गरिएको हो ।
त्यस अबसरमा बिद्यालयका प्र.अ पदम बहादुर वली, सहायक प्र.अ क्षेत्र बहादुर बस्नेत , शिक्षकहरु स्थानेश्वर आचार्य , नारायण प्रसाद भण्डारी, अमर बस्नेत , चित्र बहादुर भण्डारी, निर्मल वलि , बसन्त परियार लगायतको उपस्थिति थियो ।

यसअघि असहाय बालबिकास केन्द्रका अध्यक्ष बिष्णु चौधरी समेतको उपस्थितिमा उक्त केन्द्रमा रहेका बालबालिकाहरुलाइ फलफुल वितरण गरिएको थियो ।

उक्त फलफुल स्वर्गिय भण्डारीकि नातिनि रितिशा भण्डारी र भतिजा सन्जिब भण्डारीले हस्तान्तरण गरेका थिए ।

सामाजिक तथा राजनितिक क्षेत्रमा अब्बल भुमिका निर्बाह गरेका स्वर्गिय भण्डारीका ४ छोराहरु मध्ये जेठा छोरा रमेश भण्डारी नेपाल संस्कृत बिश्व बिद्यालय प्रजातन्त्रबादी कर्मचारि संघको नेतृत्व तहमा रहेका छन भने माइला छोरा अर्जुन भण्डारी अनुसन्धान प्रहरि तर्फ हाल दाङको प्रमुख ९एसपि० हुन। साइला छोरा गेहेन्द्र बहादुर भण्डारी र कान्छा छोरा दिपक भण्डारी आ–आफ्नो ब्यबसायमा छन ।

स्वर्गीय भण्डारीको आफ्नै घरमा कुर्सिबाट लड्दा घाइते भै निधन भएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *