२०८३ जेष्ठ २९ गते शुक्रवार

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी

यस्तो छ ः नयाँ कार्यसमिति

काठमाडौँ,मंसिर १४ । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन्।

शनिबार सम्पन्न महासंघको निर्वाचनबाट ढकाल बिजयी भएका हुन्।

ढकालले आफ्नो प्यानल बनाएर निर्वाचनमा होमिएका थिए।

उनले ५४ प्रतिशतभन्दा बढी मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका प्रतिस्पर्धी किशोर प्रधान थिए।

व्यवसायी ढकाल यसअघि दुईपटक महासंघको कार्यकारिणी समिति सदस्य र एकपटक उपाध्यक्ष भइसकेका छन्।

नेपाल रेमिट्यान्स एसोसिएसन, नेपाल(मलेसिया र नेपाल(इन्डोनेशिसया चेम्बरको अध्यक्ष पनि भइसकेका छन्।

महासंघको ५४ औं साधारणसभाले आगामी कार्यकालका लागि नयाँ कार्यकारिणी समिति निर्वाचित पनि गरेको छ।

महासंघको विधानअनुसार अघिल्लो कार्यकालमा वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा अध्यक्ष निर्वाचित भएका छन्।

शनिबार काठमाडौंमा सम्पन्न निर्वाचनबाट महासंघका वरिष्ठ उपाध्यक्ष सहितको नयाँ कार्यकारिणी समिति निर्वाचित भएको हो।

महासंघको जिल्ला नगर वाणिज्य संघ तर्फको उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ निर्वाचित भएका छन्।

किशोर प्रधान प्यानलका श्रेष्ठले चन्द्र ढकाल प्यानलका गुननिधि तिवारीलाई पराजित गरेका हुन्।

कूल १०५ मत खसेकोमा श्रेष्ठले ५८ मत प्राप्त गरेका थिए भने तिवारीले ४७ मत पाएका थिए।

देशभरका जिल्ला तथा नगर वाणिज्य संघबाट एक मताधिकार प्रयोग हुने यो निर्वाचनमाबाट १८ जना कार्यकारिणी समिति सदस्य पनि निर्वाचित भएका छन्।

महासंघको निर्वाचन समितिका अनुसार राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ, चक्रबहादुर अधिकारी, अरुनराज सुमार्गी, देवकुमार श्रेष्ठ, कवीरकुमार श्रेष्ठ, कमानबहादुर खड्का, डिबी बस्नेत, रामेश्वर मानन्धर, शोभाकान्त पौडेल, सुरकृष्ण वैद्य, गजृन्द भगत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमालिया, किशोरकुमार आचार्य विजयी भएका छन्।

जिल्ला नगर तर्फ १८ जना सदस्य र एकजना उपाध्यक्ष निर्वाचित हुने विधानको व्यवस्था रहेको छ।

महासंघको वस्तुगत संघतर्फको उपाध्यक्षमा अन्जन श्रेष्ठ निर्वाचित भएका छन्।

किशोर प्रधान प्यानलका अन्जन श्रेष्ठले ६२ मत ल्याएर चन्द्र ढकाल प्यानलका उमेशलाल श्रेष्ठलाई पराजित गरेका हुन्।

विभिन्न १०१ वस्तुगत संघको मताधिकार हुने यो समूहबाट १४ जना कार्यकारिणी समिति सदस्यमा दुई प्यानलबाट ७र७ जना निर्वाचित भएका छन्।

निर्वाचित समितिकाअनुसार वस्तुगत तर्फबाट नरेशलाल श्रेष्ठ, मनिषलाल प्रधान, मीनमान श्रेष्ठ, अरनीको राजभण्डारी, आकाश अधिकारी, सुवोधकुमार गुप्ता, सन्दिपकुमार अग्रवाल, सकुन्तलाल हिराचन, विष्णु गैरे, आकाश अधिकारी, गोविन्द ढुंगेल, सुमित केडिया, हेमराज ढकाल, भक्‍तबहादुर हमाल, प्रकाशसिंह कार्की निर्वाचित भएका छन्।

प्रत्येक प्रदेशबाट एकजना कार्यकारिणी समिति सदस्य निर्वाचित हुने विधानको व्यवस्थाअनुसार ७ जना सदस्य निर्वाचित भएका छन्।

यसमध्ये प्रदेश १ बाट यसअघि नै राजेन्द्र राउत निर्विरोध निर्वाचित भइसकेका छन्।

शनिबार भएको निर्वाचनबाट प्रदेश २ बाट विजयकुमार शाह, बाबुराम गिरी,लुम्बिनीबाट शम्शेर मियाँ, कर्णालीबाट लालिमान बुढा र सुदूरपश्चिमबाट पुष्पराज कुमार निर्वाचित भएका छन्।

महासंघका संस्थापक सदस्यहरुबाट दामु अधिकारी निर्वाचित भए। द्विराष्ट्रियबाट सन्दिप अग्रवाल निर्विरोध भइसकेका छन्।

महासंघको एशोसिएट तर्फको उपाध्यक्षमा भने ढकाल प्यानलका रामचन्द्र संघई विजयी भएका छन्।

संघईले प्रधान प्यानलका सौरभ ज्योतिलाई पराजित गरेका हुन्।

एशोसिएटमा ८९० मत खसेको थियो।

कूल १९ सदस्य निर्वाचित हुने कार्यकारिणी समिति सदस्यमा भने अधिकांश प्रधान प्यानलबाट निर्वाचित भएका छन्।

१८ जना निर्वाचित भइसकेका छन् भने दुई जनाको समान मत भएका कारण गोलाप्रथाबाट तय हुने भएको छ।

एशोसिएटमा अम्बिका पौडेल, अबिनास बोहरा, आनन्द बगरिया, कृष्णलाल महर्जन, गोपाल खनाल, ज्योत्सना श्रेष्ठ, देशबन्धु बस्नेत, प्रबलजंग पाण्डे, भरतप्रसाद आचार्य, रञ्जित आचार्य, राजेशकुमार अग्रवाल, विजयसिंह बैद्य, शक्तिकुमार बेगानी, शाहिल अग्रवाल, शैलेन्द्र गुरागाई, सुशील थापा,सञ्जय गिरी र हेमन्त गोल्छा निर्वाचित भएका छन्।

मंगेशलाल श्रेष्ठ र विराट थापाको समान मत भएकाले गोलाप्रथाबाट निर्वाचित गरिने भएको छ।

कस्तो हुन्छ महासंघको निर्वाचन प्रणाली महासंघको विधानअनुसार जिल्ला नगर, वस्तुगत र एशोसिएट्स समूहमा एकरएक जना उपाध्यक्ष हुन्छन्।

ती समूहमा रहेका मतदाताले आफ्नो समूहको एक जना उपाध्यक्ष चयन गर्छन्।

सबै समूहमा रहेका मतदाताहरूको संयुक्त भोटिङबाट वरिष्ठ उपाध्यक्ष चयन हुने व्यवस्था छ।

विधानअनुसार वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालमा स्वतस् अध्यक्ष हुन्छन्।

वरिष्ठ उपाध्यक्षका लागि भोटिङ हुँदा विभिन्न समूहका लागि फरकरफरक मतभार निर्धारण गरिएको हुन्छ।

सबै मतभारलाई १०० प्रतिशत मानेर ५० प्रतिशत बढी मत प्राप्त गर्ने वरिष्ठ उपाध्यक्षमा विजयी हुन्छन्।

यदी पहिलो चरणमा ५१ प्रतिशत मत नआएमा बढी मत प्राप्त गर्नेबीच प्रतिस्पर्धा हुन्छ र त्यसमा जसले बढी भोट ल्याउँछ उही विजयी हुन्छ।

विधानअनुसार जिल्ला नगर वाणिज्य संघको ५० प्रतिशत मतभार हुन्छ।

वस्तुगतको २० प्रतिशत हुन्छ भने एशोसिएट्सको ३० प्रतिशत भार हुन्छ।

महासंघको कार्यकारीणी समितिमा निर्तमान अध्यक्ष पदेन सदस्यको रूपमा हुन्छन्।

त्यस्तै प्रदेश उद्योग वाणिज्य संघको तर्फबाट प्रतिनिधत्व गर्ने ७ जना सदस्य निर्वाचित हुन्छन्। प्रदेश अध्यक्ष पनि पदेन सदस्य हुने व्यवस्था छ।

जिल्ला नगर वाणिज्य संघबाट १८ जना सदस्य निर्वाचित हुन्छन् भने वस्तुगतबाट १४ जना निर्वाचित हुन्छन्।

द्विराष्ट्रियबाट एक जना सदस्य निर्वाचित हुने व्यवस्था रहेको छ। एशोसिएट्सबाट १९ जना सदस्य निर्वाचित हुन्छन्।

संस्थापक सदस्यहरूबाट पनि एक जना निर्वाचित भएर सदस्य हुने छन्।

अध्यक्षले पाँच जना मनोनय गरेका सदस्यहरू पनि कार्यकारिणी समितिमा हुने छन्।

कार्यकारिणी समितिमा निर्वाचित सदस्यले कोषाध्यक्ष निर्वाचित गर्ने विधानको व्यवस्था रहेको छ।

प्रकाशित मिति : २०७७ मङ्सिर १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *