सुर्खेत, मंसिर १२ । रुकुमको सोती काण्डका अभियुक्त मध्य पाँच जनालाई धरौटीमा छोड्न अदालतले आदेश दिएको छ ।
उच्च अदालत सुर्खेतले बिहीवार अभियुक्त मध्य पाँच जना अभियुक्त वाट जनही १ ÷ १ लाख छरौटी लिएर छोड्न आदेश दिएको हो ।
मुख्यन्यायाधीश नहकुल सुवेदीको एकल इजलासले ३४ जना अभियुक्त मध्ये तुलाराम घर्ती,शौरभ पुन, भिमबहादुर बुढा, डिल्ली घर्ती र लोकेन्द्र घर्तीलाई धरौटीमा छोड्न आदेश दिएको हो ।
मुख्यन्यायाधीश सुवेदीको एकल इजलासले घटना विवरण कागजमा प्रतिवादी सविन पुनले भेरी नदी पार गरेर भागी रहेका व्यक्तिहरुलाई नियन्त्रणमा लिएको, प्रतिवादी पुनले आफु नदीमा गएको र भंगालो पार गरी भागिरहेका मानिसहरुलाई समातेर प्रहरीको जिम्मा लगाएको कुरा स्वीकार गरेकाले जिल्ला अदालत रुकुम पश्चिमको आदेश मिलेको ठहर गरेको छ।
अन्यले घटना हुँदाका बखत आफुहरु ढुंगा खानीमा काम गरिरहेको र घटनास्थलमा उपस्थित नभएको, उनीहरु अदालतमा स्वय उपस्थितभै बयान दिएको र अन्य तत्काल प्राप्त प्रमाणबाटसमेत उनीहरु घटनास्थलमा थिए भन्ने पुष्टी नभएको कुरालाएई आधार मानेको छ ।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती पुगेका जाजरकोटको भेरी नगरपालिका–४ का नवराज विकसहित गणेश बुढामगर, संजिव विक, भेरी नगरपालिका–११ का लोकेन्द्र सुनार, गोविन्द शाही तथा रुकुम चौरजहारी–१ का टिकाराम नेपालीको सामुहिक हत्या भएको थियो।
नवराज आफ्नी प्रेमिकालाई भगाएर ल्याउन भनि पुगेको समयमा छ जनाको सामूहिक हत्या भएको दाबी पीडित पक्षले गर्दै आएका छन् ।
केटी पक्षको उक्साहटमा सोतीका गाउँलेहरुले लेखेटी लेखेटी कुटपिट गर्ने क्रममा घटनामा परि भेरी नगरपालिका–११ का गोविन्द सुनार, भेरी नगरपालिका–४ का लालबहादुर खड्का, मदन शाह, सरोज भडेल, आशिष विक, सुदिप खड्का, भेरी नगरपालिका–३ का विभाग पुन, इन्द्रगंज शाही, भेरी नगरपालिका–१३ का भोला विसी, भेरी नगरपालिका–३ का महेश कार्की, सल्यानको कुमाख गाउँपालिका–४ का डिल्ली विक र बाँकेको राप्ती सोनारी गाउँपालिका–४ का सुनिल सुनार घाइते भएका थिए।
