२०८३ जेष्ठ २३ गते शनिवार

सामुदायिक वन महासंघले बुझायो ज्ञापन पत्र

दाङ, मंसिर १२ । सरकारले वन क्षेत्रवाट काठ कटान ओसार पसार तथा विक्रिवितरणमा प्रतिवन्ध लगाएको बिरोधमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल आन्दोलित भएको छ ।

सरकारको निर्णय सच्चाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ नेपालको केन्द्रीय कार्यक्रम अनुसार दाङ सहित देशभरका सवै जिल्ला महासंघले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा ज्ञापन पत्र बुझाइएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालको आह्वानमा जिल्ला महासंघ दाङले निमित्त प्रमुख जिल्ला अधिकारी यामबहादुर बुढामगर र डिभिजनल वन अधिकृत बिजयराज सुवेदीलाई छुट्टाछुट्टै भेटेर ज्ञापन पत्र बुझाइएको हो ।

महासंघ दाङका अध्यक्ष भूपेन्द्र सुवेदीको नेतृत्वमा वन महासंघका केन्द्रीय उपाध्यक्ष भिमप्रकाश खड्का, केन्द्रीय सदस्य सावित्रा राना, जिल्ला महासंघका पदधिकारीसहितको टोलीले ज्ञापनपत्र बुझाएको हो ।

यसैबीच वन महासंघका केन्द्रीय उपाध्याक्ष खड्काले आफूहरुले पहिलो चरणको आन्दोलन अन्र्तगत सांकेतिक रुपमा ज्ञापनपत्र बुझाएको र मागको सुनुवाई नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति : २०७७ मङ्सिर १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *