२०८१ बैशाख ८ गते शनिवार

दुर्घटना अपडेट ः त्रिशूलीमा बेपत्ता तीनमध्ये दुईको शव फेला

काठमाडौँ,मंसिर ११ । पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदिमा पिकअप भ्यान खस्दा २ जनाको मृत्यू भएको छ। एक जना अझै बेपत्ता छन्।

प्युठानबाट विरामी बोकेर काठमाण्डौ जाँदै गरेको लु १ च ९७ ३१ नम्बरको भ्यान चितवनको इच्छा मनकामना गाउँपालिका ४ मा त्रिशुलीमा खसेको थियो।

दुर्घट्नामा परेका प्युठानको झिम्रुक गाउँपालिका १ का २३ वर्षिय सुर्य केशी र ३३ वर्षिय जमुना रोक्काको सव प्रहरीले निकालेको छ।

बेपत्ता १५ वर्षिय जिनिसा रोक्काको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

दुर्घट्नामा घाइते भएका मुकुन्दबहादुर रोक्का पौडीएर बाहिर आएका थिए।

मुकुन्द र जमुनाकी छोरी जिनिसाको उपचारको लागि काठमाण्डौ जाँदै गर्दा भ्यान दुर्घट्नामा परेको हो।

 

प्रकाशित मिति : २०७७ मङ्सिर ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *