२०८३ असार ११ गते बिहिवार

नेपालमा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि

२४ जना सङ्क्रमितको मृत्यु

काठमाडौं,मंसिर ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १७९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख २४ हजार ७८ पुगेको छ ।

यो सँगै सक्रिय सङ्क्रमित संख्या १७ हजार ८५९ रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ७९१ निको भएका छन् । निको हुनेको संख्या २ लाख चार हजार ८५९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप २४ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार ३६१ पुगेको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *