२०८३ जेष्ठ २२ गते शुक्रवार

तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु सेवा सञ्चालन हुने

तुलसीपुर,मंसिर ९ । तुलसीपुरमा भेन्टिलेटर सहित आइसियु सेवा सञ्चालन हुने भएको छ ।

राप्ती प्रादेशिक अस्पताल र तुलसीपुर उपमहानगरपालिकाबीच भएको सम्झौता अनुसार यसै आर्थिक वर्षमा सम्पन्न हुने गरी भवन निर्माणको काम अगाडी वढाइएको हो ।

योजना शाखा प्रमुख टेकवहादुर खड्काका अनुसार उपमहानगरपालिकाले भवन निर्माणका लागि ३५ लाख ६२ हजारको टेण्डर प्रक्रिया अगाडी वढाएको छ ।

उपमहानगरपालिकाले भवन निर्माण गरिदिने र प्रदेश सरकारकाले उपकरण सहयोग गरेपछि सेवा सूचारु हुने अस्पतालका अध्यक्ष पदमप्रसाद न्यौपानेले जानकारी दिए ।

तुलसीपुरमा आइसियु सेवा सञ्चालन नहुँदा यहाँबाट धेरै विरामीहरु रेफर हुने गरेका छन् ।

तत्काल आइसियु सेवा सञ्चालन होस् भन्नका लागि नगरस्तरीय बजेटबाट भवन निर्माणको काम अगाडी वढाइएको नगरप्रमुख घनश्याम पाण्डेले जानकारी दिए ।

उनले अस्पतालको सेवा सुधारका लागि जस्तोसुकै सहयोग गर्न पनि स्थानीय सरकार तत्पर भएको वताए । तुलसीपुरलाई स्वास्थ्य सेवाको केन्द्र वनाउनका लागि आफुहरु निरन्तर लागेको पनि उनको भनाई छ ।

यसैबीच तुलसीपुर उपमहानगरपालिका र राप्ती प्रादेशिक अस्पतालका विचमा भवन निर्माणको सम्झौता भएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *