२०८३ जेष्ठ २४ गते आइतवार

८४ वर्षिया हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

दाङ,मंसिर ९ । दाङ देउखुरीको गढवा गाउँपालिका वडा नं। १ चिसापानीमा नातिले चिर्पट प्रहार गरी आफ्नै हजुर आमाको हत्या गरेका छन् ।

गढवा गाउँपालिका – १ चिसापानीका २८ वर्षीय जिवन घर्तीले आफ्नै हजुर आमा ८४ वर्षीया केशरी घर्तीलाई चिर्पट प्रहार गरी शक्त घाइते तुल्याएका थिए ।

उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ ।

जिवनको चिर्पट प्रहारवाट उनकी २८ बर्षीया श्रीमति बशन्ति घर्ती, ९ बर्षको छोरा बशन्त, ६ बर्षीया छोरी लक्ष्मी र ३० बर्षका दाजु खिमबहादुर घर्ती घाइते भएका छन् ।

घाइते मध्य खिमबहादुरको अवस्था सामान्ने रहेको हुँदा स्थानीयस्तरमै उपचार भइरहेको छ भने अन्य सबैलाई थप उपचारको लागि बुटवल लगिएको छ ।

बुटवलमै उपचारका क्रममा उनकी हजुरआमा केशरीको मृत्यु भएको थियो ।

परिवारका सदस्य सुतिरहेको समयमा सोमवार विहान ५ बजेतिर उनले एक्कासी सबैको टाउको तथा शरिरका विभिन्न भागमा चिर्पट प्रहार गरेको प्रहरीले जानकारी दिएको छ ।

दाङका प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले हत्या आरोपित जिवनको मानसिक सन्तुलन ठिक नभएको भन्ने जानकारी प्राप्त भएको बताए ।

प्रहरीले जिवनलाई नियन्त्रणमा लिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *