२०८३ जेष्ठ २३ गते शनिवार

कुटपिटबाट घाइते व्यक्तिको उपचारका क्रममा मृत्यु

दाङ,मंसिर ८ । कुटपिट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

रोल्पा नगरपालिका वडा नं.५ छापा निवासी ५६ बर्षीय भिमराज घर्तीको उपचारका क्रममा बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा गएराति मृत्यु भएको छ ।

घर्तीलाई स्थानीय २८ बर्षीय मोहन विकको मंसिर ४ गते राति १० बजे कुटपिट गरेका थिए ।

मदिरा सेवन पछि आपसमा उत्पन्न विवादका क्रममा भनाभन हुँदा बिकले घर्तीलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुर दाङका अनुसार घाइते घर्तीलाई उपचार गर्न सुरुमा प्यूठान जिल्लाको स्वास्थ्य चौकीमा लगिएको थियो । तर, त्यहाँ उपचार संभव नभएपछि मंसिर ६ गते दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।

प्रतिष्ठानमा घाइते घर्तीको उपचार संभब नभएपछि मंसिर ७ गते बेलुका ५ बजे बाँकेको कोहलपुर मेडिकल कलेजमा रेफर गरिएको थियो ।

घाइते घर्तीको त्यही उपचारका क्रममा सोमवार राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घर्तीलाई कुटपिट गर्ने बिकलाई प्रहरीले नियन्त्रण पछि जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासतमा राखिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *