२०८० चैत्र १६ गते शुक्रवार

नेकपा विभाजन हुन नदिने मेरो प्रयास जारी छ – उपाध्यक्ष गौतम


तुलसीपुर,मंसिर ६ । सत्तारुढ दल नेकपाका उपाध्यक्ष बामदेब गौतमले नेपाका विभाजन भएपनि त्यसलाई स्वभाविक मान्नु पर्ने आशय व्यक्त गरेका छन् । शनिवार तुलसीपुर उपमहानगरपालिकामा अगुवा कार्यकर्तालाई सम्वोधन गर्दे उपाध्यक्ष गौतमले मिलेको पार्टी फुट्नुलाई मानिस जन्मिएपछि मर्नु संग तुलना गरेका हुन ।

‘मिलेको पार्टी फूट्छ कि फूट्दैन भन्दा मिलेको पार्टी फूट्न किन सक्दैन । हाम्रो शिद्धान्त त्यो हो,’ गौतमले प्रश्न गरे ‘ मर्दै नमर्ने व्यक्ति कोही हुँदैन र मिलेका पार्टी फूटदैन भन्ने कहाँ छ ।’

पार्टीमा दुबै अध्यक्षको हैसियत बराबर भएपनि सिनियारिटीको आधारमा पहिला केपी शर्मा ओलीको नाम लेख्ने कुरा भएको उनले बताए । पार्टी एकताका क्रममा भएका सहमति कार्यान्वयन नहुँदा समस्या उत्पन्न भएको भन्दै उनले जव सम्म नेताले आफुलाई ढाँटेर हिड्छन् तव सम्म समस्या समाधान नहुने स्पष्ट पारे । विधानमा दूई वटा अध्यक्षको सहमतिमा बैठक गर्ने भन्ने उल्लेख रहेपनि दूई अध्यक्ष बीचको बिवादका कारण बैठक बस्न नसकेको उनले बताए ।

‘कहिले को सहमत नहुने र कहिले को सहमत नहुने परिस्थितिले गर्दा बैठक समेत बस्न सकेको छैन,’ गौतमले भने ‘पार्टी भित्र मात्रै छलफल नभएर विभिन्न कमजोरीका प्वाँलहरुवाट समेत बाहिर छलफल हुने गरेको हुँदा त्यसले पनि समस्या सृजना भएको छ ।’ उनले नेकपा भित्रको विवादलाई कुखुराको बानीसंग समेत तुलना गरे । ‘खोरमा पालेको हैन, छोडुवा कुखराले जव कुनैपनि खाने कुरा फेला पार्छ त्यसले यति हल्ला मच्चाउँछ कि सारा कुखुरा त्यही झुम्मिन पुग्छन्,’ गौतमले थपे ‘अहिले भएको त्यही हो र हामीपनि हल्ला सुनेपछि झुम्मिएर झगडा गर्ने खुकुरा जस्तै भएका छौं।’

इमान्दार कार्यकर्ताले देशभरवाट उत्पन्न समस्या समाधान गर्न र पार्टी विभाजन नगर्न भनेर बारम्बार खवरदारी गरिरहेको उपाध्यक्ष गौतमले बताए । प्रतिपक्षले पार्टी विभाजनको हल्ला गरेको भन्दै उनले स्थापित मिडिया नै प्रतिपक्षीको भूमिका रहेर पार्टी विभाजनमा लागेको आरोप लगाए ।
उनले आफु कुनैपनि हालतमा नेकपा विभाजन हुन नदिने प्रयासरमा लागिरहेको बताए । ‘ मैले कहिलै गुट बनाइन र अहिले पनि म स्पष्ट रुपमा कुनैपनि गुटमा छैन,’ गौतमले भने ‘ म कसरी पार्टी एकता जोगाउने भन्नेमा छु ।’

कार्यक्रमलाई नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले सम्वोधन गरेका थिए । उपाध्यक्ष गौतमले आफ्नो पारिवारीक कामको सिलसिलामा दाङ आएको बताएका थिए ।

प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *