लमही, मंसिर ६ । दाङमा ट्रेक्टर र स्र्कापियो एक आपसमा ठोक्किदा एक जना घाईते भएका छन ।
लमही नगरपालिका वडा नम्बर ७ बनघुस्री खुटीमा शनिबार बिहान पौने ११ बजे स्र्कापियो र ट्रेक्टर एक आपसमा ठोक्किदा ट्रेक्टर चालक कप्तानगञ्ज निवासी ३८ बर्षीय लिलाबहादुर कुमाल घाइते भएका छन् ।
घाइते कुमालकाको हाल लमही अस्पतालमा उपचार भइरहेको छ ।
लमहीबाट नेपालगञ्ज तर्फ जाँदै गरेको बा १३ च ९३५६ नम्बरको स्र्कापियोले रोड क्रस गर्दै गरेको रा १ त १२६३ नम्बरको ट्रेक्टरलाई ठक्कर दिएको प्रहरीले बताएको छ ।
स्र्कापियोको ओभर स्पिडका कारण दुर्घटना निम्तिएको प्रत्यक्ष दर्षीले बताएका छन् ।
प्रकाशित मिति : २०७७ मङ्सिर ६ गते शनिवार
