२०८३ जेष्ठ २४ गते आइतवार

तुलसीपुर मालपोत कार्यालयवाट एक व्यक्ति ३ लाख २० हजार रकमसहित पक्राउ

तुलसीपुर, मंसिर ४ । मालपोत कार्यालय तुलसीपुरबाट करार सेवाका एक  कर्मचारी स्रोत नखुलेको  रकमसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा करार सेवामा कार्यरत कार्यालय सहयोगी मिनराज गैरे रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रबक्ता तारानाथ अधिकारीले फरकोणलाई बताए । 

अख्तियारको टोलीले स्रोत नखुलेको  ३ लाख २० हजार नगद रकमसहित गैरेलाई शुक्रवार दिउँसो गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । 

अख्यिारका केन्द्रीय प्रबक्ता अधिकारीले पक्राउ परेका व्यक्ति उपर आवश्यक अनुसन्धान जारी रहेको बताए । 

गैरेले काम बनाइदिने भन्दै सेवाग्राहीवाट उक्त रकम बुझेपछि अख्तियारको टोलीले गैरेलाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित मिति : २०७७ मङ्सिर ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *