२०७७ माघ १४ गते बुधवार

विमल रिजाल महासंघको निर्वाचनमा उम्मेदवारी दिन काठमाडौं हिडे

तुलसीपुर, मंसिर ३ । नेपाल उद्योग बाणिज्य महासंघको ५४ औ साधारण सभाको मिति नजिक आउँदै गर्दा व्यापारी वर्गमा चुनावी सरगर्मी बढेको छ । आफ्नो मनोनयन दर्ता गर्नको लागि दाङ तुलसीपुरका प्रतिष्ठित व्यवसायी बिमाल रिजाल बुधवार काठमाडौं प्रस्थान गरेका छन् ।

उनले केन्द्रीय सदस्य पदमा उम्मेदवारीको घोषणा यसअघि नै गरि सकेका छन् । त्यही उदेश्यले देश व्यापी रुपमा चुनावी प्रचार प्रशार अभियान पनि सकि सकेका छन् ।केन्द्रीय सदस्यका प्रतिष्पर्धी रिजाल तुलसीपुर उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष हुन । उनकै नेतृत्वमा तुलसीपुरमा सरसफाई अभियान प्रभाबकारी रुपमा सञ्चालन हुँदै आएको छ । रिजालको पुर्खेउली घर तुलसीपुर उपमहानगरपालिका १३ फूलवारी हो ।

रिजालको परिवारले झण्डै ४ दशकदेखि तुलसीपुर बजारमा ब्यबसाय गर्दै आएको छ । रिजालका ३ जना दाजुभाइ मध्य सबै तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्ष भइसकेका छन् ।

काठमाडौंमा यही मंसिर ११ देखि १३ गते साधारण सभा तोकिएको छ । जसका लागि मंसिर ४ गते साँझ ५ बजेभित्र मनोनयन दर्ताको समय तोकिएको छ । महासंघको सचिवायल टेकुमा मनोनयन दर्ता गर्ने स्थान तोकिएको छ ।

महासंघको साधारण सभा मंसिर ११ गते बेलुदेखि सुरू सुरु हुने छ । १२ गते बन्द सत्र सुरु हुने छ । नयाँ नेतृत्व चयनका लागि मंसिर १३ गते निर्वाचन हुने कार्यतालिका छ । निर्वाचनका गराउन तीन ठाउँ तोकिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका गराउने तयारी गरिएको छ ।

उम्मेदवारी बन्न चाहानेले संघ, संस्थाले गत आर्थिक बर्षको बार्षिक सदस्यता शुल्क र उम्मेदवारी शुल्क सहित मनोनयन पत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिन अघि दर्ता गर्नुपर्ने प्रावधान राखिएको छ ।
महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसकारण वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य गरि २५ जना निर्वाचित हुनेछन् ।

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकालको समूह चुनावी मैदानमा होमिएको छ । रिजालले ढकाल समूहबाट महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दर्ता गराउने हुने छ । बर्तमान अध्यक्ष भवाणी राणा नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रिय सदस्यमा दाङ घोराहीका ध्रुवराज श्रेष्ठ भारी हुनुहुन्छ ।

महासंघको निर्वाचनमा १ सय ६ जना मतदाता रहेका निर्वाचन समितिले जनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लाबाट २० वटा उद्योग बाणिज्य संघले मतदान गर्न पाउने छन् । दाङबाट तुलसीपुर उद्योग बाणिज्य संघ,दाङ उद्योग बाणिज्य संघ घोराही र देउखुरी उद्योग बाणिज्य संघ लमहीले मतदान गर्ने पाउने छन् ।

प्रदेश नम्वर १ बाट २३, प्रदेश नम्वर २ बाट १२, बाग्मती प्रदेशबाट १६,गण्डकी प्रदेशबाट १५, लुम्बिनी प्रदेशबाट २०, कर्णाली प्रदेशबाट १० र सुदुरपश्चिम प्रदेशका १० वटा उद्योग बाणिज्य संघका अध्यक्ष गरि कुल १ सय ६ जनाले मतदान गर्ने पाउने ब्यबस्था नेपाल उद्योग बाणिज्य महासंघको बिधानमा ब्यबस्था गरिएको छ ।

कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षा सम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना मार्फत जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ मङ्सिर ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *