२०८३ असार २ गते मङ्गलवार

सरकार फेर्दा केही पाइन्छ कि भन्ने नेताहरु अहिले पनि त्यसैका पछि लागेका छन् – मुख्य मन्त्री पोखरेल

कात्तिक ३० । लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलले सरकार फेर्दा केही पाइन्छ कि भन्ने सोच पाल्ने केही नेताहरु अहिले पनि त्यसैका पछि लागेको बताएका छन् । आइतवार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ स्थित राप्ती शान्ति उद्यानमा बुद्ध मुर्ती अनाबरण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका स्थायी समिति सदस्य समेत रहेका उनले सरकार परिवर्तन भन्दा जनताले स्थायीत्व चाहेको तर्क गरे ।

‘ हामी लोकतन्त्रको अभ्यासको एउटा संक्रमनकालिन चरणमा छौं । एउटा ठूलो परिवर्तन पछाडि समाजमा एक किसिमको एनार्किजम देखापर्छ,’ पोखरेलले भने ‘ त्यसपछि लामो राजनीतिक अस्थिरता पछाडि नौं नौ महिना दश दश महिनामा सरकार फेरिन बानि परेका नेताजीहरुलाई सरकार फेर्न मन लाग्छ । त्यसरी फेर्दा खेरी केही पाइन्छ कि भन्ने हुन्छ।’

नेकपा लुम्बिनी प्रदेशका इञ्चार्ज समेत रहेका मुख्य मन्त्री पोखरेलले तर मुलुकको यतिखेरको आवश्यकता सरकार परिवर्तन नभइ स्थायित्व भएको दाबी गरे । यो मुलुकमा यति धेरै सरकार परिवर्तन भएको हुँदा सरकार बदलिरहने कुरा जनता र राष्ट्रको हितसंग सम्वन्धित कुरा नभएको उनले बताए । अहिलेको आवश्यकता राजनीतिक स्थायित्व र मुलुकको विकाशका लागि पहलको आवश्यकता भएको मुख्य मन्त्री पोखरेलले तर्क गरे ।

मुलुकमा संविधान जारी भइसकेपछिका तीन वर्षमा लगातार उच्च आर्थिक बृद्धिदर हासिल गरेको उनको दाबी थियो । यो वर्ष त्यो उच्च आर्थिक बृद्धि दरमा असर परेको भएपनि विश्वमा ऋणात्मक असर नपरेको मुलुकमा नेपाल परेको उनले जिकिर गरे ।

त्यस्तै उनले सरकारले थुप्रै काम गरेको भएपनि अहिलेपनि केही भएन भनेर व्याख्या गर्ने पण्डितहरुको कमि नभएको भन्दै असन्तुष्टि व्यक्त गरे । मिडियाहरुमा नकारात्मक कुराहरुको मात्रै प्रचार हुने गरेको उनको आरोप छ ।

कोरोना भाइरस माहामारीका बीचमा सरकाले धेरै राम्रो काम गरेको हुँदा नेपालमा अन्य एसियन देशहरु भन्दा मृत्यु दर सबै भन्दा कम रहेको उनले बताए । शान्ति पार्कमा झन्डै २८ लाखको लागतमा बुद्धि मुर्ती स्थापना गरिए पछि त्यसको अनावर गरिएको हो ।

प्रकाशित मिति : २०७७ मङ्सिर १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *